बागमतीका दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान

बागमतीका दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान

मेट्रो संवाददाता

२ असार २०७७ ९:२९

२ असार, काठमाडाैं । बागमती प्रदेश सरकारले प्रदेश भीत्रका दुग्ध किसानको लागि प्रतिलिटर २ रुपैँया अनुदान दिने भएको छ ।

बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आगामी आर्थिक वर्ष २०७७र७८ को लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ।

उक्त बजेटमा प्रदेशका १३ वटै जिल्लाका दुग्ध किसानले आगामी आर्थिक वर्षदेखि प्रतिलिटर दूधमा २ रुपौयाँका दरले अनुदान रकम पाउने छन् ।

आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै मन्त्री ढुंगेलले दुग्ध किसानलाई प्रतिलिटर २ रुपैयाँका दरले अनुदान दिने जानकारी दिए ।

प्रदेश सरकारले यसअघि प्रतिलिटर १ रुपैयाँका दरले अनुदान दिएको थियो । आगामी आवदेखि अनुदान रकम दुग्ध किसानको खातामा सिधै पठाइने मन्त्री ढुंगेलले बताए ।

दुग्ध किसान अनुदान कार्यक्रमको लागि १६ करोड बजेट विनियोजन गरेको ढुंगेलले जानकारी दिए ।
सरकारले कृषि बीमा गर्ने व्यवस्था समेत गरेको छ । गाउँपालिकामा कृषि भण्डारको व्यवस्था गर्ने बजेटमा उल्लेख छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता