नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित, उग्र रूप लिँदै कोरोना

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित, उग्र रूप लिँदै कोरोना

मेट्रो संवाददाता

३ असार २०७७ २१:०७

३ असार, काठमाडाैं । नेपालमा आज बुधबार थप ५ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशको विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ५ सय ८६ जनाका सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका छन् ।
प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ । यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ ।

त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षणमा ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

जिल्लागत रूपमा उदयपुरका ४ जना, सिरहाका १ जना, मोरङका ९ जना, झापाका २ जना, धनुषाका २६ जना, महोत्तरीका २ सय जना, बाराका ७ जना, रौतहटका १ सय २७ जना, कपिलवस्तुका १० जना, रुपन्देहीका ७ जना, सर्लाहीका ६ जना, प्युठानका ३८ जना र अर्घाखाँचीका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यसैगरी कैलालीका १ जना, पर्वतका ३ जना, नवलपरासी पूर्वका १७ जना, गुल्मीका २६ जना, बाँकेका १ जना, बर्दियाका ३१ जना, दाङका ८ जना, सल्यानका २५ जना, सुर्खेतका २ जना, दैलेखका ४ जना, कञ्चनपुरका ७ जना र कालिकोटका १४ जनामा पनि कोरोना संक्रमण देखिएको हो ।

यसैगरी पछिल्लो २४ घण्टामा ९ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । कोरोना भाइरसले गर्दा नेपालमा आजसम्म २० जनाको मृत्यु भएको छ । त्यस्तै १ लाख २५ हजार ७ सय ९८ जना क्वारेन्टिन, ५ हजार ९ सय ९० जना आइसोलेसनमा छन् भने ७ हजार १ सय ७७ संक्रमित मध्ये १ हजार १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् । जसमा महिला १ सय १२ र पुरुष १ हजार ५५ जना छन् ।

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनपानीले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता