मेट्रो संवाददाता
६ असार २०७७ १:०८
५ असार, जनकपुरधाम । विश्वका हिन्दूहरुको आस्थाको केन्द्रको रुपमा रहेको जानकी मंन्दिरमा कोरोना भाईरसवाट जोगिनका लागि पर्याप्त सुरक्षा सतर्कता नअपनाई खुल्ला गरेको समाचार आएपछि स्थानीय प्रशासनले पुनः मूल ढोका बन्द गर्न लगाएको छ ।
मंन्दिर खोल्दा प्रवेश विन्दुमा नै सावुन पानी सहित हात धुने व्यवस्था, सेनिटाईजर, मास्क तथा निश्चित दूरीको व्यवस्थापन नगरि खुल्ला गरेको समाचार आएपछि जिल्ला संकट व्यवस्थापन समिति धनुषाले बन्द गराएको छ ।
यस अघि नै मंन्दिर, मस्जिद, सैलुन, सभा गोष्ठी सहितको भिडभाड हुने स्थलहरु खुल्ला नगर्ने निर्णय गरेपनि मंन्दिर वर परको स्थानीय व्यक्तिको दवावमा खुल्ला गर्ने काम भएका थिए ।
खास गरेर मंन्दिरका कारणले व्यापार व्यवसाय चलाउनेहरुले दवाव दिएको तर कोभिडवाट जोगिन सुरक्षा सतर्कताको तयारी कुनै पनि पक्षवाट नभएको आसयको सूचना प्रकाशमा आएका थिए ।

मंन्दिर खुल्ला भएपछि मंन्दिर क्षेत्रमा क्रमशः भिडभाड हुने र कोरोनाको संक्रमण समुदायमा नै फैलिने भएका कारणले बन्द गरिईएको छ । मंन्दिर खुल्ला हुदा मंन्दिरमा आउने भक्तको सम्पर्कमा आउने पण्डित तथा पूँजारी र अन्य कामदारहरुमा सुरक्षा जोखिम बढी रहेका थिए ।
मंन्दिरको मूल ढोका बन्द भए पनि सदा झै पूँजा पाठ निरन्तर रुपमा जारी नै रहने जानकी मंन्दिर व्यवस्थापनले जनाएको छ । ८१ दिन पछि स्थानीयले बजार खुल्ला भएको भन्दै मंन्दिर खोल्न लगाएका थिए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


