मेट्रो संवाददाता
१२ असार २०७७ २२:४७
१२ असार, काठमाडाैं ।
शिक्षा क्षेत्रमा सरकारी भुमिका माथिको प्रश्न चिन्ह आखिर कहिलेसम्म भन्ने प्रश्न हरेक अभिभावकमा हुने गर्दछ । शिक्षा स्वास्थ्यमा भइरहेको व्यवसायिकरणलाई अन्त्य गर्न हामी स्वयम् जनताले जबसम्म प्रश्न उठाइँदैन तबसम्म हाम्रो राष्ट्रको सम्मुन्नत विकासको कामना केवल एकादेसको कथाभन्दा कम हुनेछैन ।
यस्तै प्रश्नहरुका बावजुत सामुदायिक विद्यालयको स्तर उकास्न शिक्षा बिकास निर्देशनालय, बाग्मति प्रदेशको आर्थिक अनुदानमा आज श्री सरस्वती निकेतन माध्यामिक विद्यालयमा ईलाईब्येरी, स्मार्ट बोर्ड तथा आईटिसी सहितको कक्षा कोठाको उट्घाटन विद्यायल व्यवस्थापन समितिका अध्यक्ष गाविन्द डंगोलले गरे ।
हाल प्रदेश सरकारले उपलब्ध गराएको चारवटा स्मार्टबोड, पन्ध्रवटा कम्प्युटर तथा विद्यालयमा भएको स्मार्टबोर्ड र कम्प्युटरले हालको शिक्षाभन्दा अझ प्रभावकारी हुने कुरा आफु विश्वस्त भएको जानकारी विद्यालयका प्रधानाध्यापक रबिना महर्जनले बताए । साथै स्मार्टबोर्डको कमीका कारण हरेक तल्लामा एक कोठा स्मार्ट बनाई कक्षा कोठा परिवर्तन गरी सबै कक्षाका विद्यार्थिहरुलाई समान रुपमा कक्षा सञ्चालन गर्ने जानकारी पनि दिए ।
विध्यमान शिक्षा प्रणालीभन्दा पनि पृथक हुनुका साथै शिक्षण प्रणाली नै प्रभावकारी हुने र यसबाट आफुहरु पनि अद्यावधि हुने कुराको पनि जानकारी दिए । प्रदेश सरकारले लागु गरेको कार्यक्रममा आफुले अद्यापन गराउने विद्यालय पनि छनौट भएको खुसी व्यक्त गर्दै महर्जनले प्रदेश सरकारलाई धन्यवाद ब्यक्त गरे ।
‘अघिल्लोवर्ष छ सयभन्दा पनि बढि विद्यार्थी भएको र हाल आएर कोभिड १९ का कारण विद्यार्थी भर्नामा केहि कठिनाई भएको छ ।’ महर्जनले भने, ‘आफ्ना नानीहरुलाई सामुदायीक विद्यालयमा भर्ना गरीदिनु होला ।’
सामुदायीक विद्यालय विकासको जिम्मा पनि समुदायको हो र समुदायकै सक्रियतामा विद्यार्थीहरुको उज्जवल भविष्यका लागि समुदायसँग सहकार्य गरी शिक्षा क्षेत्रलाई अझ प्रभावकारी बनाउने पनि महर्जनले बताए ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


