पिउने पानीको समस्या समाधनका लागि सार्वजनिक सुनुवाई

पिउने पानीको समस्या समाधनका लागि सार्वजनिक सुनुवाई

मेट्रो संवाददाता

१३ असार २०७७ १८:१४

१३ असार, काठमाडाैं ।

१९ वडा सरोकार मञ्चको आयोजनामा पिउने पानीको समस्या समाधनका लागि प्रदेश सभा सदस्य राजेश शाक्यसँग सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरेको छ ।

प्रदेश पूर्वाधार विकास साझोदारी कार्यक्रम मार्फत फिल्टर प्लान्ट जडान परियोजना कार्यान्वयनको क्रममा देखिएका विवादका सम्वन्धमा यो सुनुवाइ कार्यक्रम आयोजना गरीएको हो ।

मञ्चका संयोजक सुमन खड्गीको सभापतित्वमा भएको कार्यक्रममा सभासद शाक्यले काठमाडाैं क्षेत्र नं ८ मा खानेपानीको समस्या देखेर नै यो परियोजना संचालन गर्न लागिएको बताए । सुनुवाईमा सहभागिहरुको प्रश्नको जवाफ दिंदै उनले मेलम्ची आएपनि यो परियोजनाबाट उत्पादन हुने पानी प्रयाेगमा आउने साथै आकस्मिक रुपमा पानीको आवश्यकता पर्दा पनि यसले सहयोग पुर्याउने बताए।

कामपा १९ वडाका वडाअध्यक्ष शशिलाल श्रेष्ठले सुनुवाईलाई सम्वोधन गर्दै ढिलै भएपनि पानीको समस्या समाधानका लागि पहल थालिएकोमा खुशि व्यक्त गरे ।

मञ्चका प्रमुख सल्लाहकार मनोज नेवाः खड्गीले उपस्थित जनसमुदायको प्रश्नलाई स्पष्टिकरण गर्दै मन्तव्य राखे भने कार्यक्रमको सहजीकरण सचिव हिमाल डंगोलले गरेका थिए ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता