मेट्रो संवाददाता
२२ असार २०७७ २३:५०
२२ असार, काठमाडाैं ।
गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचारका लागि आएका विरामीमा कोरोना संक्रमण देखिएको छ ।
हिजो अस्पतालया इमर्जेन्सीमा ल्याएका २५ जनामध्ये ७ जनामा कोरोना संक्रमण देखिएको छ । इर्मजेन्सीमा ल्याइएकाहरुमा कोरोना संक्रमण भेट्टिए लगत्तै अस्पतालका चिकित्सक र नर्सहरुलाई क्वारेन्टाइनमा राख्नु पर्ने अस्पतालले जानकारी दिएको छ ।
गत असार १५ गते पनि २ जनमा कोरोना संक्रमण देखिएको थियो भने उनिहरुलाई काठमाडौंका अन्य अस्पतालमा रिफर गरी आइसोलेसनमा राखिएको थियो ।
अचानक ७ जनमा कोरोना संक्रमण देखिएकोले अस्पतालभित्र एककिसिमको आतंक सिर्जना भएको छ । अस्पतालमा कोरोना संक्रमित बिरामी आउनासाथ आजदेखि अस्पतालको इमर्जेन्सी बाहेक सबै सेवा बन्द रहने सुचनापनि हिजो नै अस्पताल प्रशासनद्वारा सुचना टाँसेको थियो ।
हिजो संक्रमण देखिएकाहरुलाई अलग्गै जनरल वार्डमा राखिएको छ । उनीहरुलाई अर्को आइसोलेसन भएको अस्पतालमा रिफर गर्ने तयारी भइरहेको समाचार छ ।
गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आइसोलेसन वार्ड नभएको कारणले हिजो संक्रमित भएकाहरुलाई अर्को अस्पतालमा पठाउने तयारी भएको हो । तर कता पठाउने भन्ने बारे निर्णय भइनसकेको कुरा बाहिर आएको छ ।
अस्पतालमा पहिला नै भर्ना भईरहेकालाई पनि धमाधम डिस्चार्ज गर्दै घर पठाउने कार्य सुरु भएको छ । अस्पतालका चिकित्सकहरुले अब घरभन्दा अस्पतालमा धेरै खतरा देखिएको भन्दै डिस्चार्ज गर्ने कार्य सुरु गरको छ ।
७ जनामा एकैपटक कोरोना देखिनासाथ चिकित्सक र नर्सहरुसमेत आतंकित भइरहेका छन् । अस्पतालको आइसीयु वार्ड सबै सिल गरी त्यहाँ सम्बन्धित बाहेक अरु कसैलाई भित्र जान निषेध गरिएको छ । नर्सहरु पनि आफूलाई कोरोना हुने त्रासमा परीक्षण र बस्ने व्यवस्था गर्न दौडधुप भइरहेकोले अस्पतालमा विरामीहरुले राम्रोसँग सेवा प्राप्त गर्न सकिरहेका छैन ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


