मेट्रो संवाददाता
२४ असार २०७७ २०:२०
खुला क्षेत्रलाइ विशेष गरी हरियाली प्रवर्द्धन गर्न महानगरपालिकाले २७ करोडभन्दा बढी बजेट विनियोजन
२४ असार, काठमाडौं।
काठमाडौं महानगरपालिकाले महानरपालिका क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षणमा बिशेष नीति ल्याएकाे छ । महानगरपालिका भित्रका सार्वजनिक जग्गाकाे पहिचान गरी संरक्षणकाे लागि खुला क्षेत्र विकास गर्ने भएकाे छ । संरक्षण गरिएका खुला क्षेत्रलाइ विशेष गरी हरियाली प्रवर्द्धन गर्ने कार्यलाई प्राथमिकता साथ अघि बढाएकाे छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक जग्गा संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यले यो आर्थिक वर्षको बजेटमा पार्क निर्माण, हरियाली प्रवर्द्धनलगायलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
‘हरियाली प्रवर्द्धन गर्ने, सहरको सौन्दर्य बढाउने, पार्क निर्माण गर्ने महानगरपालिकाको नीति नै हो,’ शाक्यले भने, ‘हामी खुला ठाउँ र सार्वजनिक जग्गा संरक्षण गर्ने, ऐतिहासिक एवं वातावरणीय दृष्टिले महत्वपूर्ण स्थानको संरक्षण र संवर्द्धन गर्नेलगायतका कार्यलाई प्राथमिकतामा राखेर अघि बढेका छौं ।’

‘काठमाडौं महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौं, हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौं अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।’
– विद्यासुन्दर शाक्य, मेयर, काठमाडाैं महानगरपालिका
आर्थिक वर्ष २०७७/०७८ को बजेटमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सार्वजनिक जग्गाको संरक्षण गरी खुला क्षेत्रका रुपमा विकास गर्न २० लाखदेखि ६ करोडसम्मका तीसभन्दा बढी पार्क निर्माणको योजना अघि सारेको छ । ती पार्क निर्माणका लागि मात्रै महानगरपालिकाले २७ करोडभन्दा बढी बजेट विनियोजन गरेको छ ।
‘काठमाडौं महानगर घना बस्तीले भरिएको सहर हो । त्यसैले महानगरवासीलाई टहलिन र खुला ठाउँमा आनन्द लिन हामीले त्यस्ता स्थानको संरक्षण र सदुपयोग गर्ने योजना अघि बढाएका हौं,’ उनले भने, ‘हरियाली बढाउनुका साथै भूमिगत पानी भण्डारणका लागि रिचार्ज काठमाडौं अभियानलाई पनि हामीले प्राथमिकतामा राखेका छौं ।’

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा समावेश गरेका योजनामा महानगर जेष्ठ नागरिक पार्क, स्ट्रिट फुड पार्क, बाल उद्यान, जेष्ठ नागरिक आश्रम, शहीद पार्क, चेसपार्क, महानगर बाजे–बज्यै पार्क, महिलामैत्री पार्कलगायत रहेका छन् ।
योजनाअनुसार महानगरपालिकाले वडा-१५ मा शहीद पार्क निर्माणका लागि एक करोड, वडा-५ मा नरबुद्ध पार्कका लागि एक करोड ५० लाख, कुलेश्वर आवास क्षेत्रभित्र रहेको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न ५० लाख, वडा-१४ को ज्ञानतीर्थमा पार्क निर्माणका लागि ४० लाख, वडा-११ को कुमारी मन्दिर नजिकै र धोबीखोला दोभानको सार्वजनिक जग्गामा पार्क निर्माण गर्न २५ लाख विनियोजन गरेको छ ।
त्यसैगरी महानगरपालिकाले वडा–८ को गुहेश्वरीपारी पार्क निर्माण गर्न २० लाख, वडा–७ को कालोपुल र भत्केको पुलको बिचमा आइल्याण्डपार्क निर्माण गर्न ४० लाख, वडा–९ को कुमारी मन्दिर परिसरमा पार्क निर्माण गर्न २५ लाख, वडा–४ मा धुम्बाराही पार्क निर्माणका लागि १ करोड, वडा–४ कै शिवस्थली पार्क निर्माणका लागि लाग्ने ६ करोड मध्ये यस वर्षका लागि १ करोड विनियोजन गरेको छ ।
वडा–१४ को खड्का गाउँमा पार्क निर्माणका लागि ३० लाख, बालाजु पार्क विकास तथा स्वमिङपुल पुनर्निर्माणका लागि वहुवर्षीय योजनामा १ करोड, वडा–१७ को धोविचौर परिसरमा निर्माण र गाहिती पुनर्निर्माणमा ३० लाख, रानीपोखरी क्षेत्र विस्तार कार्यका लागि १ करोड, वडा–३२ को बालकुमारीमा अमरावती पार्क निर्माणका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–३२ कै तीनकुनेमा आधुनिक बुद्धपार्क निर्माणको लागि डीपीआर प्रतिवेदन तयार पार्न १ करोड विनियोजन गरेको छ । उक्त स्थानमा अहिले अल्पकालीन रुपमा हरियालीसहितको आइल्याण्ड निर्माण गरिएको छ ।
महानगरपालिकाले आफ्नो ड्रिम प्राजेक्टका रुपमा अघि बढाएको मेगा हलमा पनि ६० प्रतिशत स्थानमा खुला स्थान र हरियाली प्रवद्र्धन गर्ने योजना अघि सारेको छ । मेगा हल निर्माण गर्ने भनिएको भृकुटी मण्डपमा अहिले करीब २८ प्रतिशत मात्रै खुला स्थान रहेको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले जानकारी दिएको छ ।
महानगरपालिकाले दिएको जानकारी अनुसार विष्णुमती करिडोरमा पार्क निर्माणका लागि बहुवर्षीय योजना अन्तर्रगत २ करोड, वडा–७ मा मैजुबहाल पार्क निर्माणका लागि ६२ लाख, वडा–३१ मा जेष्ठ नागरिक आश्रम तथा पार्क निर्माणका लागि वहुवर्षीय योजनामा २ करोड, वडा ३२ को कोटेश्वर महादेवस्थानमा सार्वजनिक भवन र पार्क निर्माणका लागि ५० लाख, बागमती मनोहरा दोभानदेखि बालकुमारी पुल हुँदै मनोहरा, हनुमन्ते दोभानसम्म नदी किनारको जग्गा संरक्षण र पार्क निर्माणका लागि २ करोड, कोटेश्वर महादेवस्थानको सीडी स्तरोन्नती र पार्क निर्माणका लागि ३० लाख विनियोजन गरेको पनि महानगरपालिकाले जानकारी दिएको छ ।
त्यस्तै वडा–३२ को जनमैत्री हरित उद्यान निर्माणका लागि वहुवर्षीय योजना अन्तरर्गत १ करोड, वडा–२५ को महानगर जेष्ठ नागरिक पार्क निर्माणका लागि १ करोड, वडा–११ को थापाथलीमा सडक किनारा पार्क निर्माणका लागि ४० लाख, वडा–११ को चेसपार्क स्तरोन्ततिका लागि ३६ लाख, वडा–४ को महानगर बाजे–बज्यै पार्कको वहुवर्षीय योजनाका लागि ३ करोड, वडा नम्बर –३१ को प्रयागमार्ग पार्क निमार्णका लागि बहुवर्षीय योजनामा १ करोड, वडा–१० मा स्ट्रिटफुड पार्क निर्माणका लागि २५ लाख, वडा–१० को सानो गौचरण पार्क सुधारका लागि १ करोड, वडा नम्बर–३० को मैतिदेवी पार्क निर्माणका लागि ५० लाख, वडा–३१ को जागृति बाल उद्यान निर्माणका लागि ५० लाख, वडा–३२ को पुरानो टाउनप्लानिङ मनोहरा नदी किनारमा पार्क निर्माणका लागि ५० लाख, खुला योग तथा व्यायमशाला निर्माणका लागि ५० लाख, वडा–४ को विशालनगरमा पार्क निर्माण कार्यका लागि ५० लाख विनियोजन गरेको छ ।महादेव खोला, बल्खु, करखुशी, सामाखुशी, विष्णुमति, वागमती नदी किनारको सार्वजनिक जग्गा संरक्षण, हरियाली प्रर्वद्धन र नदी नियन्त्रण कार्यका लागि पनि महाननगरपालिकाले करीब ७ करोड बजेट विनियोजन गरेको छ ।
यी स्थानहरुमा पार्क निर्माणका लागि विनियोजन गरेको बजेट नगरसभाबाट पारित भएको छ । केही नगरसभा सदस्यहरुले यी योजनाहरुमा केही रकम थप गर्नुपर्नेलगायतका माग राखेका थिए । मेयर शाक्यले पनि सिलिङमा तलमाथि नपर्ने गरी सकेसम्म नगरसभा सदस्यहरुका माग सम्वोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
चालु आव बने दर्जन बढी पार्क
काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा २३ वडामा सहिद धर्मभक्त माथेमा पार्क, ३१ वडामा हनुमान पार्क, गणेश मन्दिर पार्क, लोकेश्वर महादेव मन्दिर परिसरमा पार्क निर्माण सम्पन्न गरेको छ । त्यसैगरी वडा ४ मा टुँडालदेवी पार्क त्यस्तै टुसाल पार्क निर्माणको काम पनि महानगरपालिकाले सम्पन्न गरेको छ ।
विभिन्न वडामा मदन भण्डारी पार्क, वडा नम्बर–४ मा सुकेधारा कृष्ण गल्ली पार्क, वडा नम्बर–३ मा बाँसबारी इकोपार्क, टुँडालदेवी पार्क निर्माणको पनि महानगरपालिकाले पहिलो चरणको काम सम्पन्न गरेको छ ।
टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भैरहेका छन् । ती पार्कहरुमा महानगरपालिकाले प्रति नगरपालिका एक करोडका दरले ११ करोड लगानी गरिसकेको छ ।
दर्जन बढी पार्कको निर्माण सुचारु
त्यसैगरी महानगरपालिकाले आर्थिक वर्ष २०७६/०७७मै न्ह्योखा पार्क, शान्ति नमूना पार्क, गौरीघाट हरियाली पार्क, धोबीखोला पार्क, त्रिपुरेश्वर ज्येष्ठ नागरिक पार्क, कुलेश्वर पार्क, कुलेश्वर आवास क्षेत्र पार्क, बागमती नगर पार्क, कुमारी पार्क, रानीबारी पोर्पा अजिमा पार्क, वडा नम्बर–२१ मा लगं पार्क, कमल पोखरी पार्कलगायको निर्माण कार्य सुरु गरिसकेको छ ।
यी पार्क निर्माणका लागि करीब ३८ करोड बजेट व्यवस्था गरेको छ । वागमती नगर पार्क करीब ७ करोडमा र लगं पार्क करीब ६ करोडको लगानीमा निर्माण भैरहेका छन् । कमलपोखरी गुरुयोजना अन्र्तरगत करीब ७ करोडको लगानीमा निर्माण कार्य सूचारु रहेको महानगरपालिकाले जानकारी दिएको छ ।
छिमेकी नगरमा पनि
काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकासँग पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत हरियाली प्रर्वद्धनमा जोड दिँदै आएको छ । काठमाडौं जिल्लाका १० वटा नगरपालिका तथा मध्यपुर थिमी नगरपालिकासँग सम्झौता गरी पार्क निर्माण कार्य अघि बढाएको महानगरपालिकाले जानकारी दिएको छ ।
महानगरपालिकाले दिएको जानकारी अनुसार टोखा नगरपालिकामा बौडेश्वर बाल उद्यान, कीर्तिपुर नगरपालिकामा युद्ध स्मारक पार्क, बुढानीलकण्ठ नगरपालिकामा बुढानिलकण्ठ पार्क, तारकेश्वर नगरपालिकामा तारकेश्वरधाम ऐतिहासिक पार्क, नागार्जुन नगरपालिकामा गणेशमान स्मृति पार्क, चन्द्रागिरी नगरपालिकामा मदन भण्डारी पार्क, दक्षिणकाली नगरपालिकामा बहुउद्देश्यीय उद्यान, गोकर्णेश्वर नगरपालिकामा राष्ट्रिय सहिद तथा शान्ति पार्क क्षेत्रभित्र गोकर्णेश्वर पार्क, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी धाम उद्यान, शंखरापुर नगरपालिकामा बज्रयोगिनी क्षेत्र हरित उद्यान र मध्यपुर थिमी नगरपालिकामा शंखधर शाख्वा स्मृति सामुदायिक पार्क निर्माण भैरहेका छन् । ती पार्कहरुमा महानगरपालिकाले प्रति नगरपालिका एक करोडका दरले ११ करोड लगानी गरिसकेको छ ।
RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


