मेट्रो संवाददाता
२५ असार २०७७ १६:१२
२५ असार, काठमाडाैं ।
रातोमच्छिन्द्रनाथको रथयात्रा स्थागित नहुने भएको छ ।
गुठी संस्थानको शाखा कार्यालय ललिपुरले रातो मच्छिन्द्रनाथको रथारोहणसहित सम्पूर्ण कार्य रोक्न दिएको पत्रमा अन्यथा भएको जानकारी दिएको छ ।
सरोकारवाला सबैमा रथारोहण अर्को साइतमा हुने व्यहोरासहित गुठी संस्थानले जारी गरेको सुचनामा उल्लेख भएको छ ।
यसअघि असार २३ गते करुणामय बुंगद्यः (रातोमच्छिन्द्रनाथ)को रथारोहण स्थगित गर्न गुठी संस्थानले पत्र काटेको थियो ।

असार २४ गते रथारोहणको साइतसमेत निकालिसकेको उक्त पत्रपश्चात रथारोहण स्थगित गरिएको थियो ।

गुथि संस्थानले सबै सरोकारवालाहरुलाई अर्को साइतमा रथारोहण हुने भनी सुचना जारी दिइसकेको छ । संस्थानका ललितपुर जिल्ला प्रमुख राजन भुजुले सरोकारवालाहरुलाई रथारोहण स्थगित गर्ने काटेको पत्रमा अन्यथा भएको भन्दै हिजो बुधबार पुनः सुचना जारी गरेको थियो ।
गत असार १ गतेदेखि सरकारले लकडाउन परिमार्जन गरेर खुकुलो बनाएको थियो । जोर बिजोर प्रणालीमा सवारीसाधन भिडभाड बाक्लिन थालेको छ । स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न, मास्क लगाउन र साबुनपानीले बारम्बार हात धुने वा सम्भव नभए सेनिटाईजरको प्रयोग गर्न अनुरोध गरीरहेको छ ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


