निजी क्षेत्रले पनि पाए कोभिड–१९काे परीक्षण अनुमति

निजी क्षेत्रले पनि पाए कोभिड–१९काे परीक्षण अनुमति

मेट्रो संवाददाता

२९ असार २०७७ २३:५१

स्टार अस्पताललाई शुल्क लिएर कोरोना परीक्षण अनुमति

२९ असार, काठमाडाैं ।

सरकारले ६ वटा निजी प्रयोगशालालाई कोभिड– १९ को पिसिआर परीक्षणको अनुमति दिएको छ । जसमध्ये सानेपास्थित स्टार अस्पताललाई सरकारले तोकिएको शुल्क लिएर पिसिआर परीक्षण गर्ने अनुमति पाएकाे छ ।

स्टार अस्पतालले तत्कालका लागि आफ्नो अस्पतालका बिरामी, कुटनीतिक नियोगका कर्मचारी र विदेश जाने प्रयोजनका लागि गर्नुपर्ने परीक्षणका लागि मात्रै अनुमति पाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मापदण्ड पुगेका ६ वटा निजी प्रयोगशालालाई पिसिआर परीक्षण गर्न अनुमति दिएको प्रयोगशालाका सूचना अधिकारी राजेशकुमार गुप्ताले जानकारी दिएका थिए ।

प्रयोगशालाले पिसिआरको परीक्षणको दायरा बढाउनका लागि गत जेठ २२ गते इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेको थियो । उनका अनुसार प्रस्ताव दर्ता गरिएका प्रयोगशालाको मापदण्ड हेरेर पहिलो चरणमा ६ वटा प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिएका छन् ।

उनका अनुसार स्टार अस्पताल, काठमाडौं मेडिकल कलेज, सेन्ट्रल डाइग्नोस्टिक ल्याब्रोटोरी र सूर्या हेल्थ केयर सेन्टर रहेका छन् । यस्तै उपत्यकाका बाहिर नेशनल प्याथल्याब बुटवल र वागेश्वरी प्रयोगशाला कोहलपुर बाँकेले अनुमति पाएका छन् ।

कोभिड– १९ को परीक्षणको दायरा बढाउनका लागि मन्त्रालयले निजीलाई समेत कोभिड १९ को पिसिआर विधिबाट परीक्षण दिने निर्णय गरेको थियो । अहिले मुलुकभरि २५ वटा प्रयोगशालाबाट पिसिआर प्रविधिबाट परीक्षण हुँदै आएको छ । अहिलेसम्म दुई लाख ९३ हजार ७३९ जनाको पिसिआर परीक्षण गरिएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता