पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न माग

मेट्रो संवाददाता

२९ असार २०७७ २:५६

२८ असार, काठमाडौं ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै आज नेपाल आयल निगम लिमिटेडको कार्यालय अगाडि धर्ना दिइएको छ ।

कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण आम उपभोक्ताको रोजगारी खोसिएको अवस्थामा सरकारले पटकपटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा युवाले आज एक घण्टा धर्ना दिएका हुन् ।

सरकारले शुक्रबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले वृद्धि गरेको थियो । सरकारले त्यसअघि असार १६ गते मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो । दश दिनको बीचमा पेट्रोलको मूल्य लिटरमा रु छ र डिजेलमा रु तीनले बढेको छ ।

मूल्य बढेसँगै पेट्रोलको मूल्य लिटरको रु १०२ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर रु ८८ भएको छ । हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य यथावत् राखिएको छ ।

सोही अवसरमा नेविसङ्घका महामन्त्री दीपक भट्टराईले कोरोनाको महामारीका समयमा पनि सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाउनु उचित नभएको भन्दै बढाएको मूल्य तत्काल फिर्ता नलिए आन्दोलन गर्ने बताए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता