काठमाडौं महानगरबाट बीर अस्पताल र प्रसुति गृहलाई स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग

काठमाडौं महानगरबाट बीर अस्पताल र प्रसुति गृहलाई स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग

मेट्रो संवाददाता

५ साउन २०७७ १:०९

४ साउन, काठमाडौं ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले साउन ४ गते चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल र परोपकार प्रसुति तथा स्त्री रोग अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

जनवादी गणतन्त्र चीनको तिब्बत स्वशाशित क्षेत्रमा रहेको ल्हासा नगरले महानगरपालिकालाई करीब २ करोड ५७ लाख २९ हजार २७५ रुपैयाँ बराबरका अनुदान स्वरुप दिएका सामाग्रीमध्ये केही सामाग्री कोभिड – १९ परीक्षणका गर्ने मेसिनसहित ती दुई अस्पताललाई आज हस्तान्तरण गरिएको हो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा वीर अस्पताललाई स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, न्युक्लेइक एसिड एट्राक्सन रिएजेन्ट ३००० थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पिपिइ० ५ सय थान हस्तान्तरण गरिएको हो ।

त्यसैगरी प्रसुति तथा स्त्री रोग अस्पताललाई पिसिआर मेसिन एक थान, भिटिएम १५ सय थान, आरडिटी १५ सय थान र पिपिइ ५ सय थान हस्तान्तरण गरिएको काठमाडौँ महानगरपालिका शहरी स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र विलास बज्राचार्यले जानकारी दिए ।

प्रसुति गृहलाई हस्तान्तरण गरिएको पिसिआर मेसिनको मूल्य चार लाख ४० हजार युआन र वीर अस्पताललाई हस्तान्तरण गरिएको स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिनको मूल्य १ लाख युआन रहेको महानगरपालिकाले जानकारी दिएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरणपछि महानगरपालिकाका प्रमुख शाक्यले भगिनी सम्बन्ध भएको ल्हासा नगरबाट काठमाडौँ महानगरपालिकालाई अनुदानस्वरुप प्राप्त स्वास्थ्य सामाग्री स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर दुई अस्पताललाई हस्तान्तर गरिएको बताए । ‘यो अहिलेको अवस्थामा पर्याप्त सहयोग होइन ।’, महानगर प्रमुख शाक्यले भने, ‘तैपनि उपलब्ध श्रोतको उच्च उपयोग गरेर सक्दो बढीलाई सेवा दिनुहोला । हामी आउँदा दिनमा सहयोग बढाउनेछौं ।’

विगतमा काठमाडौँ महानगरपालिकाले स्वास्थ्यका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको बताउँदै उनले भने, ‘भोलिका दिनमा पनि तपाईँहरुसँग समन्वय गरेर सहरी स्वास्थ्यको अवस्था सुधारमा काम गर्न चाहन्छौँ । आर्थिक बर्ष २०७७/०७८ को बजेटमा कोभिड–१९ को असर, त्यसको रोकथाम र यसवाट पर्न सक्ने प्रभाबको न्युनीकरण लगायतका विशेष कार्यक्रमका लागि बजेट विनियोजन गरेका छौँ ।’

कार्यक्रममा बोल्दै वीर अस्पतालका निर्देशक डाक्टर केदारप्रसाद सेन्च्युरीले महानरपालिकासँग थप सहयोगका अपेक्षा गरेको बताए।

प्रसुति गृहका निमित्त निर्देशक डाक्टर सन्दिप पौडेलले बिरामीको अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने अवस्थामा महानगरबाट प्राप्त सहयोगबाट अस्पताललाई ठूलो राहत भएको बताए ।

काठमाडौँ महानगरपालिकाको अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका अधिकृत यम वसेलकाअनुसार ल्हासाबाट स्वचालित न्युक्लेइक एसिड एट्राक्सन मेसिन १ थान, यसमा प्रयोग हुने रिजेन्ट ३ हजार थान, पिसिआर मेसिन १ थान, भिटिएम ३ हजार थान प्राप्त भएको हो ।

यस्तै आरडिटि किट ३ हजार थान, डिस्पोजेबल सर्जिकल पञ्जा २ हजार ५ सय थान, मेडिकल मास्क ३ हजार थान, इन्फ्रारेड थर्मोमिटर ३ सय ७५ थान र पर्सनल प्रोटेक्टिभ इक्युप्मेन्ट ९पिपिइ० २ हजार छ सय थान प्राप्त भएका छन् ।

अन्य सामाग्री महानगर आफैंले प्रयोग गर्ने जनस्वास्थ्य महाशाखाले जनाएको छ ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता