मेट्रो संवाददाता
४ भदौ २०७७ २०:३२
काठमाडौं । काठमाडौं महानगरपालिका २० वडा भिमसेनस्थानकी एक वृद्धाकाे कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।
बुधबार अस्पतालमा उपचारकोक्रममा मृत्यु भएका उनीलाई कोरोना संक्रमण भएको कामपा जनस्वास्थ्य विभागलबाट पुष्टि भएको छ ।
कोरोनाबाट मृत्यु भएकी ६६ वर्षीया वृद्धाको घर भिमसेनस्थानबाट लाखेननि जाने गल्लीमा अवस्थित छ । दम रोग भएकी, पहिला टिबी रोग पनि लागिसकेकी, उनीलाई सासप्रस्वासमा समस्या भएकोले अस्पताल लगेको थियो ।
अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार गर्नेक्रममा उनीलाई कोरोना संक्रमणको पुष्टि भएको हो । उनको अन्तिम संस्कार बुधबार नै भइसकेको छ ।
कामपा महानगरपालिका जनस्वास्थ्य विभागले उनको घर परिवारसँग सम्पर्कमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने जानकारी दिए । काठमडौंमा निषेधाज्ञा जारी गरेकोले घरलाई सिल नगरी घर परिवारलाई घरबाट बाहिर ननिस्कन भनेका छन् ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


