काठमाडौं महानगर क्षेत्रमा कोरोना जित्नेको सख्या १८८

काठमाडौं महानगर क्षेत्रमा कोरोना जित्नेको सख्या १८८

मेट्रो संवाददाता

७ भदौ २०७७ २२:५७

गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ संक्रमित थपिए सहित

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा भेटिएका १ हजार ५३७ कोरोना संक्रमितमध्ये भदौ ५ गतेसम्ममा १८८ जना निको भएर फर्किएका छन् ।

यो प्राररम्भिक तथ्याङ्क हो । बरिष्ट कविराज निरीक्षक ज्ञानबहादुर ओलीले भने, ‘भदौ ५ गते थपिएका महानगर क्षेत्रमा १२६ जना संक्रमित थपिनुभयो भने १८८ जना निको भएका घर फर्किनुभयो । संक्रमित निको भएको खवर न बिरामीबाट आउँछ, न अस्पतालबाट नै । यसकारण कति बिरामी निको हुनुभयो भन्ने एकिन छैन । अब यो विवरण अद्यावधिक गर्दैछौं ।’

उनले भने, ‘२८७ जनाले अस्पतालमा उपचार गराइ रहनु भएको छ भने ३६२ होम आइसोलेसनमा रहनुभएको खबर छ । यो छिनछिनमा परिवर्तन भइरहने खालको अङ्क हो । मृत्यु हुनेको संख्या भने ८ पुगेको छ ।’

साउन ३२ गते ९५५ जना संक्रमित भएको महानगरमा भदौ १ गते ११३ जना, २ गते १२७ जना, ३ गते १०५ जना, ४ गते १११ जना, ५ गते १२६ जना र ६ गते ६९ जना थपिएपछि कुल संक्रमितको संख्या १ हजार ६०६ पुगेको हो । यो विवरण इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौं महानगरको जनस्वास्थ्य महाशाखालाई उपलब्ध गराएको हो ।



भदौ ७ गते मध्यान्नसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्ने समयसम्ममा बिश्वभर कोभिडबाट संक्रमित हुनेको संख्या २ करोड ३४ लाख १ हजार ३ पुगेको छ । जसमध्ये १ करोड ५९ लाख ३४ हजार ६०८ जना निको भएर घर फर्किनु भएको छ भने ८ लाख ८ हजार ९८७ जनाको मृत्यु भइसकेको छ । गएको २४ घण्टामा काठमाडौं जिल्लामा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ गरी उपत्यकामा १६६ जना संक्रमित थपिएका छन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता