पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

पछिल्लाे २४ घन्टामा कोरोनाबाट थप सात जनाको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

मेट्रो संवाददाता

१० भदौ २०७७ ८:१५

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाकाे मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
१ महिला र ६ पुरुषसहित ७ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले बताएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार काठमाडौंका ३ जना, पर्सा, सिरहा धनुषा र रूपन्देहीका एक/एक जना गरी सात जनाकाे मृत्यु भएकाे जनाइएकाे छ । 
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको प्रवक्ता गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु भएका पुष्टि हुनेमा एक महिला र ६ पुरुष रहेका छन् । 
मृत्यु हुनेमा काठमाडौंका ७१ वर्षीया महिला र ७४ वर्षीय, ६६ वर्षीय पुरुष, सिरहाका २२ वर्षीय, पर्साका ६८ वर्षीय, धनुषाका ७६ वर्षीय र रूपन्देहीका ५३ वर्षीय पुरुष छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता