उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

उद्योगपति बिनोद चौधरीलाई कोरोना संक्रमण

मेट्रो संवाददाता

१२ भदौ २०७७ १५:४४

काठमाडाैं । उद्योगी बिनोद चौधरीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले आफ्नो ट्वीटरमार्फत पिसिआर टेष्ट गराउँदा रिपोर्ट पोजेटिभ आएको बताएका छन् ।

चाैधरीले आफूलाई कोरोनाको कुनैपनि लक्षण भने नदेखिएको स्पष्ट पारेका छन् । उनले रिपोर्ट पोजेटिभ आएपछि हाल आफू आइशोलेसनमा भएको बताएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गराउन पनि आग्रह गरेका छन् । चौधरीले आफूलाई संक्रमणको लक्षण नदेखिएको बताएका छन् ।

‘प्रिय साथी र शुभेच्छुकहरु, कोरोनाको पीसीआर परीक्षण गर्दा आज बिहान ममा पोजेटिभ देखिएको छ । भगवानको कृपाले अहिलेसम्म कुनै लक्षणहरु देखिएको छैन’, उनले भने, ‘यद्यपि, मैले चिकित्सकहरुको सल्लाहअनुसार आफूलाई आइसोलेट गरेको छु । मसँग सम्पर्कमा आउनुभएका जोकहोही पनि सम्भावित जोखिमबाट जोगिनुहोला ।’

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता