खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष

खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष

मेट्रो संवाददाता

१३ भदौ २०७७ १९:३०

तरकारी खरिद बिक्रीमा बिल जारी नगर्दा मूल्यमा ठगी

खुद्रा व्यापारीले अनिवार्य बिल लिने गरे थोक बिक्रेता आफैं ठाउँमा आउने व्यवसायीको भनाइ

काठमाडौं । महानगरको ‘उपभोक्ता हित संरक्षण समिति’ ले शनिवार बिहान बल्खु तरकारी बजारको अनुगमन गरेको छ ।

अनुगमनपछि खुद्रा बिक्रेताले थोक बिक्रेताबाट बिल लिने प्रणाली बिकास नहुञ्जेल तरकारीको मूल्यमा ठगी नरोकिने निष्कर्ष निकालेको छ ।

तरकारी खरिद बिक्री गर्दा बिल जारी नहुँदा मूल्यमा मनपरी भएको पाइएको छ । तरकारीमा बिना बिल हुने कारोबारले उपभोक्ता ठगिएका छन् ।

‘अहिलेको मुख्य समस्या भनेको तरकारीको मूल्य निर्धारण हो’, कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारीले भने, ‘उत्पादन र ढुवानीको कारण देखाएर बजारमा भाउ बढेको गुनासो छ ।’

शुक्रबार कालीमाटी तरकारी बजार र शनिबार बल्खु तरकारी बजार अनुगमन गरेपछि उनले भने, ‘यी दुईटा बजार हेर्दा मूल्य खुद्रा बजारमा मूल्य बढ्नु पर्ने कारण देखिँदैन । तर, तरकारीको भाउ बढेको गुनासो छ ।’

मुल्य बढ्नुको कारण दिँदै उनले भने, ‘बिल जारी नगर्दा मनपरी भएको हाम्रो निष्कर्ष छ । अब खरिद बिक्री बिल जारी गर्ने बिषमया कडाइ गर्छौं ।’

अनुगमन समिति बिहान ५ बजे बल्खु तरकारी बजार पुगिसकेको थियो । बजारमा गोलभेडाको मूल्य प्रतिकिलो ९५ रुपैयाँ थियो ।

यो मूल्य सुनिसकेपछि अनुगमनमा रहेका उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधब तिमिल्सेनाले भने, ‘म बालाजु क्षेत्रमा बस्छु । शनिबार बिहान निस्कँदा त्यहाँको बजारमा यस्तै गोलभेडाको मूल्य १५० रुपैयाँ प्रतिकिलो थियो ।’

‘बल्खु र बालाजु करीब ६ किलोमिटरको दुरीमा एकै प्रकारको बस्तुमा किलोको ५५ रुपैयाँ फरक हुनुले काठमाडौंको तरकारी बजारको अवस्था देखाउँछ’, उने भने, ‘यसलाई कडाइका साथ नियमन नगर्ने हो भने उपभोक्तामा हुने ठगी रोक्न सकिँर्दैन ।’

बजारका निर्देशक मोहन बस्नेतकाअनुसार उक्त बजार ०६९ साल असोज १ गतेबाट बल्खु कृषि तथा तरकारी बजारमा ४२४ थोक तथा खुद्रा तरकारी पसल छन् । बजार व्यवस्थापनका कारण मुल्य नबढोस् भनेर पसल खरिद बिक्री गर्न नपाउनेलगायतका नियम बनाएको छ ।

‘बजारबाट बिक्री हुने तरकारीको गुणस्तर र मूल्यमा सरकारले जारी गरेका मापदण्डको पालना गराउने प्रयासमा छौं’, उनले भने, ‘समय—समयमा हुने अनुगमनबाट प्राप्त सुझाव कार्यान्वयन गरेका छौं । व्यापारीको पसल नंं दिने, मूल्य सूची अद्यावधिक गराउने, ढक तराजु अद्यावधिक गराउने काम तत्काल गर्छौं ।’

बजारमा तरकारीका अतिरिक्त खाद्यबस्तु, दुग्ध पदार्थ, विउविजन तथा औषधि पनि बिक्री तिवरण हुन्छ । बजारमा रहेको मासु पसलको पनि निरीक्षण गरिएको थियो ।

पशु सेवा बिभागबाट पशु सेवा अधिकृत डम्बरबहादुर बमसहतिको सहभागिता भएको उक्त अनुगमन टोलीले महामारी नियन्त्रण गर्न स्वास्थ्य मापदण्ड पालना गर्न गराउन, तरकारीको थोक तथा खुद्रा मुल्य सूची राख्न, बजारबाट बिक्री हुने सामानमा अनिवार्य बिल जारी गराउन बजारलाई निर्देशन दिएको छ ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता