मेट्रो संवाददाता
१४ भदौ २०७७ ६:३३
काठमाडाैं । केन्द्रीय कारागार सुन्धारामा सजाय बेतित गरिरहेका ८ जना कैदीबन्दी कोरोना भाइरस संक्रमण ९कोभिड(१९० संक्रमण देखिएको छ । संक्रमित कैदीबन्दीमध्ये २ जना निको भएका छन् र अन्य ६ जनाको उपचार भइरहेको कारागार प्रशासनले जनाएको छ ।
१५० भन्दा बढी कैदीबन्दीलाई एकसाथ ज्वरो र रुघाखोकी देखिएसँगै ५० जनाको स्वाब संकलन गरिएको थियो ।
जेलर लक्ष्मीप्रसाद बाँस्कोटाका अनुसार ८ जना कैदीमा कोरोना देखिएको छ भने कारागार सुरक्षामा खटिएका २५ जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण देखिएको छ ।
२०७५ सालको एक अध्ययनमा एक हजार दुई सय ५० जनाको क्षमतामा भएको कारागारको भौतिक संरचनासमेत जीर्ण रहेकाले उक्त कारागारबाट अन्यत्र सारी कैदीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने जनाएको थियो ।
कारागारमा केही दिनअघि उपचारकालागि जिल्लाबाहिरबाट सुन्धारा कारागारमा ल्याइएको कैदीबाट कोरोना भाइरस सरेको आंकलन गरिएको छ ।
सुन्धारास्थित कारागारमा क्षमताभन्दा बढी कैदी रहेको पहिलापनि समाचारमा आइसकेको थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


