मेट्रो संवाददाता
१२ वैशाख २०७८ १३:४३
काठमाडौं / कोविड भ्याक्सिन बारे आउने गलत सूचनाबाट बच्न काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जनसाधारलाई अनुरोध गरेका छन् ।
टेकु अस्पतालमा पुगेर कोविड विरुद्ध दोस्रो खोप ‘कोभिशिल्ड’ लिइसकेपछि प्रमुख शाक्यले कोविड विरुद्ध लड्न सबैले नियमित मास्क लगाउन, नियमित साबुन पानीले हात धुन, साबुन पानी नभएको ठाउँमा स्यानिटाइजरको प्रयोग गर्न, भीड नगर्न र भीड हुने ठाउँमा नजान अनुरोध गरे ।
प्रमुख शाक्यले भने, ‘कोविड भ्याक्सिनका बारेमा नकारात्मक टिप्पणी नगर्न आग्रह गर्दछु । विकसित मुलुकका जनताले पैसा तिरेर पनि पाउन नसकेको खोप नेपाल सरकारले जनताका लागि निःशुल्क उपलब्ध गराएको छ । सरकारको यो कदममा सबैको साथ चाहिन्छ ।’
पहिलो चरणमा ६५ बर्ष माथिका पाका उमेरका व्यक्तिहरुले खोप लगाउँदा खोप केन्द्रमा पुगेर कुरा गर्दा कसैले पनि खोपबाट असर नभएको जानकारी प्राप्त भएको प्रमुख शाक्यले बताए ।
खोप लिएपछिको अनुभव सुनाउँदै प्रमुख शाक्यले खोप लाएर आफूलाई कुनै पनि खालको स्थास्थ्य प्रतिकुलता नभएको, खोपपछि नियमित काममा गइरहेको बताए ।
महामारीबाट बचाउन अहिलेसम्मको यो उत्तम विकल्प हो । सरकारले तोकेको लक्षित समूह र तालिका हेरेर आफूलाई पायक पर्ने ठाउँमा गएर खोप लगाउन प्रमुख शाक्यले आग्रह गरे ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


