आयुर्वेदिक अस्पतालमा ५० बेडको आइसोलेसन संचालन हुने

आयुर्वेदिक अस्पतालमा ५० बेडको आइसोलेसन संचालन हुने

मेट्रो संवाददाता

२३ वैशाख २०७८ २०:४९

काठमाडाैं, वैशाख २३।

नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा जेठ १ गतेदेखि ५० वेडको आइसोलेसन सञ्चालन हुने भएको छ ।

बिहीबार काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितको टोली र अस्पताल व्यवस्थापन पक्षबीच भएको छलफलमा यस्तो निर्णय भएको हो ।

छलफलका लागि महानगर प्रमुख शाक्य, उपप्रमुख खड्गीको साथमा वडाध्यक्षहरु न्हुच्छेकाजी महर्जन, चिनीकाजी महर्जनसहितको टोली अस्पताल पुगेका थिए ।

सो अवसरमा प्रमुख शाक्यले महामारीको सामना गर्न अस्पतालसँग भौतिक संरचनाको साथमा जनशक्तिको प्रबन्ध भएकोमा यसलाई थप व्यवस्थित गर्न महानगरले सहयोग उपलब्ध गराउने बताए ।

‘आइसोलेसनमा भएका विरामीलाई थप उपचार आवश्यक भए अस्पताल पठाउन र अस्पतालमा भर्ना भएका अक्सिजन थेरापी मात्र गरे पुग्ने विरामीलाई यता सार्न मिल्ने पद्धतिको आइसोलेसन बनाऔँ, यसबाट अस्पतालको चाप घटाउन सकिन्छ’ शाक्यले भने ।

अस्पतालका निर्देशक डा. प्रदीप के. सी.ले उपकरण तथा अन्य सामाग्रीको लागि र नियमित खर्च गर्नुपर्ने कामका लागि महानगरले स्रोत उपलब्ध गराए अस्पतालमा आइसोलेसन सञ्चालन गर्न सकिने बताए ।

‘अस्पतालको क्षमता ११८ वेडको हो, शुरुवातमा हामी ५० वेडबाट सेवा थाल्न सक्छौँ । आवश्यकताका आधारमा यसलाई विस्तार गर्न सकिन्छ’ निर्देशक केसीले भने ।

अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न १८ वडाका वडाध्यक्ष न्हुच्छेकाजी महर्जनले संयोजन गर्ने बताए ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता