स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट आनन्दकुटीमा ५० बेडकाे आइशोलेशन

स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट आनन्दकुटीमा ५० बेडकाे आइशोलेशन

मेट्रो संवाददाता

२४ वैशाख २०७८ २०:३७

काठमाडाैं, वैशाख २४ ।

काठमाडौंको स्वयम्भूस्थित आनन्दकुटी विद्यापीठमा कोभिड आइसोलेसन केन्द्र तयार गरिएकाे छ ।

आनन्दकुटी विद्यापीठको प्रयोगविहिन अवस्थामा रहेको भवनकाे मर्मत गरी ५० बेड क्षमताको आइसोलेशन सञ्चालन केन्द्र निर्माण भएकाे छ ।

कोरोनाको पहिलो लहर चलेकै समयमा आइसोलेशन सेन्टर बनाउने योजना रहेको भएता पनि सो समयमा कोरोना केही साम्य हुँदै गएपछि सो कार्य रोकिएको थियाे ।

दाेस्राे लहर काेराेना महामारी तीव्र रूपमा बढेकाले संक्रमितलाइ सुरक्षित रहन र संक्रमितबाट अरूलाइ बचाउन अासाेलेसन सञ्चालनमा ल्याउन लागिएकाे संघीय सांसद जीवनराम श्रेष्ठले बताए ।

स्थलगत निरीक्षण गरी खाली रहेकाे अानन्दकुटीका १४ वटा काेठा लिइ ५० बेडकाे अाइसाेलेसन तयार पारिएकाे बताउँदै सांसद श्रेष्ठले उक्त केन्द्रका लागि १ कराेड ५० लाख ४० हजार रूपैयाँ विनियाेजन गरिएकाे जानकारी दिए ।

आइसोलेसन केन्द्र सञ्चालन बारे जानकारी दिन शुक्रबार एक पत्रकार सम्मेलनमा सांसद श्रेष्ठले यसै हप्ताबाट सेन्टर सञ्चालनमा ल्याउने योजना रहेको भएता पनि स्वास्थ्य मन्त्रालयबाट स्वीकृतिका लागि सम्झौता भइनसकेको हुनाले आउँदो सोमबारबाट यसको सुरुवात गर्ने लक्ष्य रहेको बताए ।

आइसोलेशनमा बस्नेहरुका लागि स्वास्थ्य निगरानीका लागि आवश्यक स्वास्थ्यकर्मीहरु फेक्ट नेपालले उपलब्ध गराउने वचन दिइसकेको बताउँदै अन्य व्यवस्थापनका लागि स्वकिय सचिव एवम् सेन्टरका संयोजक भीमसेन राजबाहकले आवश्यक पहल गर्ने बताए ।

यसैगरी सेन्टर सञ्चालनका लागि सुशिल श्रेष्ठको नेतृत्वमा व्यवस्थापन समिति रहेको र उनकै नेतृत्वमा जीर्ण रहेको आनन्दकुटीको भवनको मर्मत सम्भार तथा आवश्यक निर्माण कार्यहरु गरिएको श्रेष्ठले बताए ।

कोभिड आइसोलेसन सञ्चालनका लागि कामपा १५ वडाका अध्यक्ष इश्वरमान डंगोलले वडालाई प्राप्त भएको ५० थान ब्लाङ्केट सेन्टरलाई हस्तान्तरण गरेको छ भने समाजसेवी पटना डंगोलले आफ्नो जन्मदिनको उपलक्ष्यमा सेन्टर सञ्चालनका लागि पाँच हजार रुपैयाँ चन्दा दिएकी छिन् ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता