४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

४२८ अक्सिजन कन्सन्ट्रेटर काठमाडौंमा

मेट्रो संवाददाता

२३ जेठ २०७८ ९:५७

काठमाडौं, जेठ २३। 

गैरआवासीय नेपाली संघले शुरु गरेको नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ अभियानअन्तर्गत विश्वभरका संघसंस्था र नेपाली समुदायका सहयोगमा थप ४२८ अक्सिजन कन्सन्ट्रेटर शनिबार साँझ काठमाडौँमा आइपुगेको छ ।

विभिन्न राष्ट्रिय समन्वय परिषद्का समन्वयमा बेलायतबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट सात र अन्य संस्थाबाट ३६ अक्सिजन कन्सन्ट्रेटर खरीदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

चीनस्थित नेपाली दूतावास र एनआरएनए राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रक्रियामा सहयोग गरेको तथा नेपाल सरकारले ढुवानी खर्च बेहोरेको थियो ।

यसैगरी एनआरएनए अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिण्डर खरीदसहित एक हजार १५० रिफिल अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री हस्तान्तरण गरिसकिएको तथा दुर्गम क्षेत्रमा पठाउने अभियान जारी छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता