मेट्रो संवाददाता
२९ जेठ २०७८ १३:०३
कोभिड–१९ का कारण सघन हिसाबले बिरामी भएकामा टाइप–१ मधुमेह हुने देखिन्छ भन्ने निष्कर्ष आएको छ।
स्टानफोर्ड विश्वविद्यालयअन्तर्गतको स्कुल अफ मेडिसिन र वेयल कर्नेल मेडिसिनले गरेको अध्ययनले कोरोना भाइरसले निमोनिया र अन्य स्वास्थ्य समस्यासँगै मधुमेह रोग पनि निम्त्याउने पत्ता लगाएका छन् ।
यो विषयमा गरिएका ती दुई अध्ययनले मधुमेह हुनबाट बचाउने शरीरका कोषलाई कोरोना भाइरसले नष्ट गर्ने देखाएका छन्।
कोरोना संक्रमण भइसकेपछि टाइप–१ मधुमेहमा शरीरले आवश्यक मात्रामा इन्सुलिनको उत्पादन गर्दैन भने टाइप–२ मा शरीरमा यथेष्ट इन्सुलिन भए पनि राम्रोसँग काम गर्न नसक्ने हुन्छ।
इन्सुलिनले शरीरका कोषलाई रगतमा चिनीको सही मात्रा प्रवाह गर्न सहयोग गर्छ। इन्सुलिनको उत्पादन घट्दा अथवा यसलाई बाधा पुर्याउँदा रगतमा चिनी र ग्लुकोजमा मात्रा अत्यधिक हुन जान्छ।
ग्लुकोजको यो अध्यधिक मात्रा नै मधुमेहको प्रमुख कारक तत्व हो। ग्लुकोजको त्यो अत्यधिक मात्रालाई हाइपरग्लाइसेमिया पनि भनिन्छ।
‘यसअघिका अध्ययनले कोभिड–१९ भाइरसले बेटा कोष (बेटा सेल) लाई संक्रमण गर्ने देखाएको थियो,’ अमेरिकाको नेसनल इन्सिच्युट अफ हेल्थका डा. फ्रान्सी कोलिन्सले आफ्नो ब्लगमा लेखेका छन्, ‘ती अध्ययनले यो खतरनाक भाइरस इन्सुलिन उत्पादन गर्ने बेटा सेलमा धेरै संख्यामा प्रतिकृति बनाउने र शरीरका अन्य कोषमा फैलने देखिएको थियो।’
‘भाइरसले इन्सुलिन बनाउने कोषलाई नष्ट गरेपछि शरीरमा चिनीको मात्रा बढ्ने र टाइप–१ मधुमेह हुने देखिएको छ,’ एबिसी न्युजका मेडिकल िपोर्टर डा. जेनिफर अस्टन भन्छिन्। यसरी कोभिड–१९ भाइरसले शरीरका निश्चित कोषलाई नष्ट गर्न देखिएको हो। यो नतिजा सार्वजनिक भएपछि वैज्ञानिकले कोभिड–१९ का बिरामीलाई मधुमेह रोग हुनबाट बचाउन अध्ययनलाई तीव्रता दिएका छन्। एक अध्ययनले खास औषधिले यो सम्भावनालाई रोक्न सक्ने देखाएको छ। तर अध्ययनको उक्त नतिजालाई पुष्टि गर्न अझ धेरै अध्ययन आवश्यक रहेको अनुसन्धानकर्ता बताउँछन्। तर भाइरसले अग्न्यासयलाई क्षति पुर्याएर मधुमेह रोगको विकास भइसकेपछि औषधिले सजिलै निको हुन कठिन छ। अग्न्यासयका कोषमा भएको क्षतिलाई रोक्न कोभिड–१९ बाट निको भएका बिरामीले मधुमेह रोगका उपचारका लागि इन्सुलिनलगायत अन्य उपचार विधिमा भर पर्नुपर्ने हुन्छ।
पछिल्ला यी दुई अध्ययनले कोभिड–१९ र मधुमेहको सम्बन्ध रहेको देखिएपछि संक्रमितहरूलाई यो रोगका विषयमा थप जानकारी दिन आवश्यक देखिएको छ। ‘यदि तपाईमा कोभिड–१९ देखिएको छ र टाइप–१ मधुमेहका लक्षण पनि छन् भने मधुमेह रोगका परीक्षण तत्काल गर्नुपर्दछ,’ डा. अस्टन भन्छिन्।
नागरिकन्यूज/एबिसी न्युजका अनुसार कोभिड–१९ बाट निको भएका विरामीमा मधुमेह रोगको लक्षण भएनभएको पनि हेरिनुपर्ने उनको सुझाव छ। ‘अत्यधिक तिर्खा, लगातार पिसाब लागिरहनु, तौल घट्न तथा थकान हुनुजस्ता लक्षण देखिए थप सावधान हुनुपर्ने हुन्छ,’ उनी भन्छिन्, ‘कोभिड–१९को यी जटिलताका समाधान गर्न तथा आफ्ना प्रियजन तथा समुदायलाई सुरक्षित राख्न सबैले कोरोना खोप लगाउन आवश्यक देखिएकोछ।’
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


