मेट्रो संवाददाता
३१ जेठ २०७८ ७:०९
काठमाडौँ, जेठ ३१ गते ।
असारदेखि भदौसम्म कुनै पनि बहानामा सडक खन्न नपाइने भएको छ। वर्षात्का तीन महिना धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्न नपाइने जनाएको हो।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले सो अवधिमा सडक खन्ने स्वीकृति नदिइने र कसैले जबरजस्ती सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन, २०३१ अनुसार कडा कारबाही गरिने जनाएको छ ।
सङ्घीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले एक सूचना जारी गरी वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मतसम्भार गरी यथास्थितिमा ल्याउन नसकिने तथा सडक पनि बिगिँ्रदै जाने भएकाले वर्षायामको तीन महिनाको अवधिमा सडक खन्न राेक लगाएकाे छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले खानेपानीको पाइप मर्मतका लागि सयौं ठाउँमा खनिरहेको छ। चक्रपथमा खानेपानी तथा ढल निकास विभागले पाइपहरु हाल्दैछ। सडक खनेर समयमा मर्मत नगर्दा सडकहरु हिलाम्मे हुन थालेका छन्। सोही कारण सडक खन्न रोक्न लागिएको हो।
सडक विभागले केही दिनअघि देशभरीका सडकलाई खाल्डाखुल्डी विहीन बनाउने कार्य अभियानका रुपमा तिब्र रुपमा अघि बढाइएको बताएको थियो।
यदि कसैले आफ्ना वरीपरी भएका खाल्डाखुल्डी बारे गुनासो गरेमा तत्काल सुनुवाई गर्ने विभागको दाबी छ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


