मेलम्ची खानेपानीले दुई नदीको बहाव बढ्न सक्ने

मेलम्ची खानेपानीले दुई नदीको बहाव बढ्न सक्ने

मेट्रो संवाददाता

३१ जेठ २०७८ १७:३५

काठमाडाैं, जेठ ३१ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ खाली गर्ने क्रममा यही असार १ गतेदेखि बागमती, मेलम्ची, सिन्धु र ग्याल्थुम खोलामा पानीको बहाव बढ्ने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मेलम्ची खानेपानी विकास समितिले सूचना जारी गर्दै नदी आसपासमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

१ असारदेखि सुरुङ परीक्षणको काम सुरुवात गरिने भएकाले खानेपानी उपभोक्ताका लागि भने असहज हुनेछ।

सुरुङ परीक्षणका क्रममा न्यूनतम ४० दिन लाग्ने भएको सो अवधिभर उपभोक्ताको धारामा पानी नआउने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।

“सुरुङ परीक्षण अन्तिम चरणमा छ। परीक्षणका लागि खाली गर्न १५ दिन लाग्छ, भित्र पसेर हेर्नुपर्छ, थप १० लाग्छ, अनि फेरि सुरुङमा पानी भर्न १५ दिन लाग्छ,” आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले भने, “त्यसैले कम्तीमा पनि ४० दिन उपभोक्ताको धारामा पानी आउँदैन, हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ।”

उनकाअनुसार असार १ गतेदेखि सुरुङ खाली गर्न प्रक्रिया सुरु गरिने छ। गत फागुन १० गते पनि सुरुङमा पानी परीक्षण गरिएको थियो।

“ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको छ, त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको हो,” पन्तले भने, “अब इञ्जिनियरको टोलीले सुरूङमा केही त्रुटि छन् कि भनेर हेर्नेछन्। त्रुटी भएमा ४० दिनभन्दा बढी लाग्न सक्छ।”

मेलम्ची खानेपानी आयोजनाका लागि गरिएको ठेक्का सम्झौता अनुसार यदि सुरुङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान रहेकाे कारोबार अनलाइनले लेखेको छ।

“प्राविधिक रुपमा परीक्षणको कार्यविधि छ, त्यही कार्यविधिअनुसार एकपटक परीक्षण गर्न लागेका हौं,” पन्तले भन्नुभयो। अहिले मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर काठमाडौं उपत्यकामा आइरहेको छ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता