४१८७ कोरोनामुक्त, १६८१ थपिए

४१८७ कोरोनामुक्त, १६८१ थपिए

मेट्रो संवाददाता

१ असार २०७८ २०:१३

काठमाडौं, असार १ । 

नेपालमा कोरोनाभाइरसका एक हजार ६८१ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा सात हजार ४४९ नमुनाको आरटीपीसीआर परीक्षणमा एक हजार ६८१ मा कोरोना सङ्क्रमणको पुष्टि भएको हो ।


स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित छ लाख १२ हजार २०२ पुगेको छ । एन्टीजेन विधिबाट २२ हजार ४०३ को रिपोर्ट पोजेटिभ आएको छ । नेपालमा हाल ६३ हजार २५७ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।


मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा चार हजार १८७ सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म पाँच लाख ४० हजार ४३९ जना सङ्क्रमित निको भएका छन् । कोरोनाबाट निको हुने दर ८८.३ प्रतिशत पुगेको छ ।


पछिल्लो चौबीस घण्टामा ४१ जना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना सङ्क्रमणबाट हालसम्म आठ हजार ५०६ जनाले ज्यान गुमाएका छन् ।

तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन

काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...

३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता

वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका

काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...

६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता

नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न

तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...

२६ साउन २०८२ १४:२९ |मेट्रो संवाददाता