मेट्रो संवाददाता
३ असार २०७८ २२:२२
काठमाडौं, असार ३। काठमाडौँ महानगरले नवौँ अधिवेसन सुरु भएको छ । राष्ट्रिय सभा गृहमा सुरु भएको अधिवेसनको पहिलो बैठकमा प्रमुख विद्यासुन्दर शाक्यले आ. व ०७८/०७९ को बार्षिक नीति पेश गरेका छन् ।
प्रमुख शाक्यले वैठकमा ९५ वटा बुँदामा चालु आर्थिक बर्षका कामको प्रगतिका विषय उल्लेख गरेका छन् । त्यसपछिका २२७ वटा बुँदामा आउँदो बर्ष गरिने कार्यक्रमलाई ५ क्षेत्र र २४ वटा उपक्षेत्रमा नीति समेटिएकाे छ ।
समृद्ध, सुरक्षित र जीवन्त सांस्कृतिक सहरको समृद्धिका लागि ‘सम्पदामा आधारित पर्यटन र नवप्रवर्तनमा आधारित उद्यमशीलता’, ‘आवद्धतामा आधारित सहरी विकास’ र ‘तथ्यमा आधारित नीति निर्माण’ लाई दीर्घकालीन नीतिका रुपमा प्रस्ताव गरिएको छ ।
कोविडका कारणले जनजीवनमा परेको असरलाई न्युनीकरण गरी क्रमिक रुपमा जनजीवनलाई सामान्य अवस्थामा फर्काउने कार्य चुनौती पूर्ण भएको कुरालाई महसुस गर्दै ५ क्षेत्रमा अल्पकालीन योजनालाई समेटिएका छन् । यी क्षेत्रहरु आर्थिक उत्थानशीलता, समुदायमा आधारित पूर्वाधार विकास, विद्युतीय प्रविधि प्रयोगमा व्यापकता, खाद्य हरित सहरको अवधारणा अनुरुपको विकास र जनस्वास्थ्य सेवाको प्रभावकारीता हुन् ।
यसरी लिइएका नीतिहरुमध्ये १ सय बेडको ‘काठमाडौँ महानगर विशेष अस्पताल’ स्थापना गर्ने, विद्युतीय सवारी करमा शतप्रतिशत छुट दिने, कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई विशेष छुट तथा सहुलियत दिने, महानगरवासीलाई ‘नागरिक स्वास्थ्य वीमा कार्यक्रम’ सञ्चालन गर्ने, ‘एक वडा एक नमूना विद्यालय कार्यक्रम’ सञ्चालन गर्ने, विद्यालयका प्रधानाध्यापकाहरुलाई मासिक १ हजार रुपैयाँ विशेष प्रोत्साहन दिने, सहरी स्वाथ्य क्लिनिकबाट विशेषज्ञ चिकित्सकसहितको निशुल्क सेवा दिने कार्यक्रम विशेष महत्वका नीतिका रुपमा हेर्न सकिन्छ ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


