काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमप्रति काँग्रेसका जनप्रतिनिधिको आपत्ति

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रमप्रति काँग्रेसका जनप्रतिनिधिको आपत्ति

मेट्रो संवाददाता

३ असार २०७८ २१:३८

काठमाडौं असार ३ । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पर्याप्त छलफल नगरी ल्याउन लागिएको भन्दै नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बिरोध जनाउँदै नगर परिषद् बैठक बहिस्कार गरेका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले छलफलबिनै एकपक्षीय रुपमा नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध गर्नु परेको उपमेयर हरिप्रभा खड्गी श्रेष्ठले बताइन्।

कोभिडको महामारीका बेला जनतालाई राहत दिनेगरी बजेट ल्याउनु पर्नेमा मेयर शाक्यले कुनै छलफल नगरी नीति तथा कार्यक्रम ल्याउन लागेकाले आफूहरुको विरोध रहेको उपप्रमुख खड्गी श्रेष्ठले जनाइन्।

‘नीति तथा कार्यक्रम पढेर सुनाएर मात्रै हुँदैन, पर्याप्त छलफल गरी जनताको चाहना पनि समेटिनुपर्छ’, उनले भनिन्, ‘कोरोना विरुद्धको खोपको यथोचित प्रबन्ध, महानगरवासीलाई राहतको प्रवन्ध गर्ने विषयमा कुनै छलफल भएको छैन । यसमा हाम्रो आपत्ति छ।’

उपमेयर खड्गी श्रेष्ठले विगतदेखि महानगरपालिकाले वीर अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गर्नुपर्ने बताउँदै आएपनि कुनै सुनुवाइ हुन नसकेको भन्दै महानगरका बेथिति हटाउन सबैको सुझाव र सल्लाह जरुरी भएपनि मेयर पेलेर अघि बढ्न खोजेको आरोप लगाइन्।

महानगरपालिकाले नीति तथा कार्यक्रम बिहीबार नगरपरिषदमा पेश गर्ने कार्यक्रम राखेको छ। तर महानगरमा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधिले परिषद् बहिस्कार गर्ने निर्णय गरेको महानगर १६ नम्वर वडाअध्यक्ष मुकुन्द रिजालले जानकारी दिए।

उनले कोभिडको महामारीबाट आक्रान्त जनतालाई राहत दिन घरबहाल करमा छुट दिनुपर्ने, विकास समानुपातिक रुपमा हुनुपर्ने, सबै नागरिकलाई खोपको प्रत्याभूति हुनुपर्ने, उपचारको सहज व्यवस्था हुनुपर्ने जस्ता विषय नीति तथा कार्यक्रममा समेटिनुपर्ने माग रहेको बताए ।

आफूहरुको माग सम्बोधन नभएसम्म बैठकमा सहभागी हुन नसकिने रिजालले बताए । महानगरमा काँग्रेसबाट उपमेयर र १४ जना वडाध्यक्ष रहेका छन्।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता