मेट्रो संवाददाता
७ असार २०७८ १६:५९
काठमाडाैं, असार ७ । दलित युवतीलाई आफ्नो घरको कोठा भाडामा नदिएको आरोप लागेकी घरबेटी सरस्वती प्रधानले मुख खोलेकी छन् । उनले आफूलाई लागेको आरोप अस्वीकार गरिन् ।
प्रधानका अनुसार रुपा सुनार बबरमहलस्थित उनको घरमा कोठा हेर्न आएकी थिइन् र कोठा मन पराएकी थिइन् । तर, आफूले भने कुनै निर्णय नदिएको उनको दावी छ ।
‘समाचारमा आएजस्तो कोठा भाडामा दिने कन्फर्म गरिसकेर जातका कारण पछि हटेको भन्ने होइन,’ नेपाल प्रेस डटकमअनुसार प्रधानले भनिन्, ‘मैले परिवारसँग सल्लाह गरेर खबर गर्छु है छोरी भनेर पठाएकी थिएँ । जातपातको कुरै होइन ।’ उनले थपिन्, ‘मेरो पनि त सबै अधिकार छैन नि । घरमा सासुआमा, श्रीमानलाई सोध्नुपर्छ । एक्लै निर्णय लिन मिल्दैन ।’
जातको कुरा आफूले नभएर रुपाले नै निकालेको उनले बताइन् ।
‘उनले म त कामी हुँ आन्टी, अप्ठेरो हुन्छ कि हुँदैन भनेर सोधेकी थिइन् । मैले घरमा सल्लाह गर्छु मात्रै भनेको हुँ, दिने/नदिने केही भनेको छैन,’ प्रधानले भनिन् ।
उनको थप तर्क छ, ‘कोठा हेर्न त धेरै मान्छे आइरहेका हुन्छन् । आउनेबित्तिकै दिइहाल्ने कुरा हुँदैन नि ! भोलि के, कसो पर्छ, सबै कुरा विचार गरेर दिइन्छ । आफ्नो घरको विषयमा यति निर्णय गर्ने अधिकार त हुन्छ नि होइन सर ?’
२४ वर्षिया सञ्चारकर्मी रुपा सुनारले आफूलाई जात सोधेर दलित भएको थाहा पाएपछि कोठा दिन इन्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । तीन दिनअघि उनले दिएको जाहेरीमा ५८ वर्षिया प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार कारवाही माग गरिएको छ । -नेपाल प्रेस डटकम
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


