मेट्रो संवाददाता
२१ असार २०७८ २१:५९
काठमाडौं, २१ असार २०७८।
विश्व नेवाः संगठन (वल्र्ड नेवाः अर्गनाइजेसन) संगठन स्थापना भएको यही ने.सं. ११४१ गुंलाथ्व चतुर्दशि ईश्वी संवत् अगस्त २१, २०२१ वि.सं. २०७८ साउन ५ गते एक दशक पूरा हुने शुभ अवसरमा संगठनद्वारा पहिलो पटक ‘हलिं नेवाः न्ह्यसः लिसः कासा ११४१’ (विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता २०७८) आयोजना हुने भएको छ ।
संगठनद्वारा प्रेषित प्रेश विज्ञप्ती अनुसार प्रतियोगितामा नेवाः समुदाय मात्र नभई नेपालभाषा बोल्न जान्ने वा नेवाः सम्बन्धी जानकारी राख्नु हुने जुनसुकै समुदायका विद्यार्थी पनि सहभागि हुन सक्नेछ । प्रतियोगितामा सहभागि हुन चाहने विद्यार्थीले विश्व नेवाः संगठन (World Newah Organization) को अफिसियल वेबसाइट http://www.worldnewah.org मा गएर यही आउने साउन १६ गते जुलाई ३१ तारिख सम्ममा फाराम भरिसक्नु पर्नेछ । प्रतियोगितामा सहभागि हुन निश्चित शुल्क बुझाउनु पर्ने व्यवस्था गरिएको छ । नेपालबाट सहभागि हुने टोलीको लागि प्रति टोली रु १,०००/- (एक हजार मात्र) र विदेशी सहभागिहरुको लागि २५ अमेरिकी डलर शुल्क तिर्नु पर्नेछ । प्रतियोगिताया जम्मा ३२ टोलीलाई मात्र सहभागि गराईनेछ । सहभागि टोलीलाई समूह विभाजन गरि प्रत्येक समूहमा चार चार वटा टोली संलग्न गराईनेछ ।
![]()
प्रारम्भिक चरणमा प्रत्येक समूहबाट उत्कृष्ट दुई टोली अर्को चरण प्रवेश गराईनेछ । दोश्रो चरणमा उत्कृष्ट एक टोली तेश्रो चरणमा पुग्नेछ । तेश्रो चरणमा उत्कृष्ट टोली सिधै अन्तिम चरण (फाइनल)मा पुग्नेछ । अन्तिम चरण पहिलो, दोश्रो, तेश्रो र सान्त्वनालाई क्रमशः ६०० अमेरिकी डलर, ४०० अमेरिकी डलर, ३०० अमेरिकी डलर र १५० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ । साथै समूह चरणमा उत्कृष्ट हुनेलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।
जूम अनलाइनको माध्यमबाट हुन गइरहेको यस प्रतियोगितामा नेपाल लगायत विश्वका हरेक देशमा १२ कक्षा (१८ वर्ष) सम्मका विद्यार्थीहरुले सहभागिता जनाउन सक्नेछन् । यस प्रतियोगितमा भाग लिन ३ जना प्रतियोगिको एक समूह हुनुपर्नेछ । प्रत्येक टोलीमा एक जना छात्राको सहभागिता अनिवार्य हुनु पर्नेछ ।
उक्त प्रतियोगिता सम्पन्न गर्न विश्व नेवाः संगठन अन्तर्गत एक आयोजक समिति पनि गठन गरिएको छ ।
जसको संयोजकमा विमलमान श्रेष्ठ (क्यानाडा) रहनु भएको छ भने सह संयोजकमा संयुक्त श्रेष्ठ (बेलायत) र दीपेशमान शाक्य (आयरल्याण्ड) रहनु भएको छ ।
पन्ध्र सदस्यीय मूल आयोजक समितिमा केशरमान ताम्राकार (अमेरिका), कृष्ण चखुं (बेलायत), उत्तम माकजु (क्यानाडा), भुषणलाल श्रेष्ठ (अमेरिका), नरेश ताम्राकार (क्यानाडा), रश्मिला प्रजापति (नेपाल), शाक्य सुरेन (नेपाल) शोभित शाक्य (इस्टोनिया), रजनी श्रेष्ठ (बेल्जियम), समन्त वज्राचार्य (अमेरिका), कमल श्रेष्ठ (न्युजिल्याण्ड), उदेन न्हूसाय्मि (नेपाल) सदस्य रहनु भएको छ ।
यसै गरी प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमिति पनि गठन गरिएको छ । दया शाक्य (अमेरिका)को संयोजकत्वमा योग्यता र निर्णायक कमिटी, केशरमान ताम्राकार (अमेरिका)को संयोजकत्वमा प्रश्नावली निर्माण कमिटी, संयुक्त श्रेष्ठ (बेलायत)को संयोजकत्वमा प्रतियोगिता प्रविधि कमिटी, भूषणलाल श्रेष्ठ (अमेरिका)को संयोजकत्वमा अर्थ व्यवस्थापन समिति, रश्मिला प्रजापति संयोजक र उदेन न्हूसाय्मि (नेपाल) सह संयोजक रहनु भएको प्रचारप्रसार कमिटी गठन गरिएको छ । यसका साथै सामाजिक संजाल संयोजकका रुपमा सुश्री लालिमा श्रेष्ठ, आशुतोष बाराही र पुजल वज्राचार्य रहेका एवं सल्लाहकारमा डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठ, संरक्षक दया शाक्य र नारायण राजभण्डारी रहेका छन् ।
यस बाहेक मूल आयोजक समितिमा अमेरिका, क्यानाडा, बेलायत, आयरल्याण्ड, बेल्जियम, इस्टोनिया व न्यूजिल्याण्ड लगायतका देशहरुबाट पनि प्रतिनिधिहरु रहेका छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


