कारले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते

कारले ठक्कर दिँदा एक जनाको मृत्यु, तीन घाइते

मेट्रो संवाददाता

२५ असार २०७८ २०:०७

चितवन । २०७८ असार २५

पूर्व पश्चिम राजमार्गमा भन्डाराबाट हेटौँडातर्फ जाँदै गरेको कारले विपरीत दिशाबाट आउँदै गरेको दुई वटा स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार राप्ती नगरपालिका ३ झुरझुरेस्थित पूर्व पश्चिम राजमार्गमा बा१९च ७९८६ नम्बरको कारले ठक्कर दिँदा प्रदेश ३–००२प ६४८३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक खैरहनी नगरपालिका वडा नम्बर  १२ का राजकुमार अधिकारीका ५ वर्षीय छोरा आरुष अधिकारीको मृत्यु भएको हो, बुबा राजकुमार मध्यम घाइते भएका छन् । 


यस्तै उक्त कारले  अर्को प्रदेश ३ ००३प ६८८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा  चालक रत्ननगर १५ का निशान भट्टराई र स्कुटरको पछाडि सवार सोही स्थानका सन्तोष पोखरेल घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका आरुषको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ३ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । 

पोखरेलको अवस्था मध्यम तथा भट्टराईको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरूको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । 

कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता