मेट्रो संवाददाता
२७ असार २०७८ ६:२६
काठमाडौं, २७ असार २०७८ ।
काठमाडौं महानगरपालिका वडा नं. १५ समितिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कोराना भाइरसबाट बच्ने र बचाउने जनचेतना तथा जागरण अभियान सम्पन्न गरेको छ ।
वडा १५ का १५ स्थानमा १५ दिन सञ्चालन गरिएको अभियान शनिबार सम्पन्न भएको हो । भगवानपाउबाट सुरु गरिएको उक्त अभियान शनिबार शोभाभगवतीमा समापन गरिएको हो । यसबीचमा डल्लु चौतारा, चःमती, सीतापाइला, विजयश्वरी, किम्डोल, छाउनी, वनस्थली, अन्नपूर्ण, डल्लु पुल, चागल, बुद्ध पार्क स्वयम्भू, डल्लु आवास, अमरचित्र मार्ग धिमेल्वहँमा अभियान सञ्चालन गरिएको थियो ।
समापन समारोहमा काडमाडौं–८ का प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठले कोरोना भाइरस फेरि पनि सक्रिय हुँदै गएकाले सचेत रहन आग्रह गरे । यस्ता सचेतना कार्यक्रमबाट फेरि नयाँ रूपमा आइरहेको भाइरसबाट बच्न र बचाउन नागरिकलाई सचेतना प्राप्त हुने भएकाले अभियानकै रूपमा यस किसिमका कार्यक्रम अगाडि बढाउँदै लानुपर्ने आवश्यकता उनले औंल्याए ।
कार्यक्रममा वडा १५ का अध्यक्ष, महानगर प्रवक्ता एवं समुदाय–प्रहरी साझेदारी कार्यक्रम वडा १५ समितिका संयोजक ईश्वरमान डंगोलले कार्यक्रम उत्साहजनक भएको बताए । उनले कार्यक्रममा निरन्तर सहभागी भएकाहरूलाई कदरपत्रसहित धन्यवाद ज्ञापन गरे ।
कार्यक्रममा वडा १५ का वडा सदस्यहरू, रेन्जर सेकेन्ड बटालियनका सेनानी उत्तम गुरुङ, महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख एवं प्रहरी नायब उपरीक्षक मिलन केसी, सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ प्रहरी निरीक्षक शैलेन्द्र न्यौपाने, वडा १५ वडाका सचिव सुशील सुवेदी र कार्यक्रमका सचिव राजा शाक्य, विभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिलगायतको सहभागिता थियो ।
RECOMENDED News
Latest News
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल
काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...
२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...








