पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २ हजार ९०५ जनामा कोरोना संक्रमण पुष्टि

मेट्रो संवाददाता

३० असार २०७८ २३:५९

काठमाडौं, ३० असार २०७८

नेपालमा बुधबार थप २९०५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ८१०८ पीसीआर परीक्षणमा २०१० जना र ४९१६ एन्टिजेन परीक्षणका क्रममा ८९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकोे छ ।

यो संगै नेपालका कोरोना संक्रमितको संख्या ७ लाख ६ हजार ७६१ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय ३० पुगेको छ ।

त्यस्तै थप १६०६ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २४ हजार ७११ जना कोरोनामुक्त भएका छन् । हाल २६ हजार ६४७ सक्रिय संक्रमित आइशोलेशन र २९३ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ३८ हजार ३३० वटा पिसिआर र २ लाख ४७ हजार ५४२ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता