प्रमुख शाक्यबाट चःमतिमा परम्परागत शैलीमा निर्माण हुने ध्यान पार्ककाे शिलान्यास

प्रमुख शाक्यबाट चःमतिमा परम्परागत शैलीमा निर्माण हुने ध्यान पार्ककाे शिलान्यास

मेट्रो संवाददाता

३ साउन २०७८ १२:२२

काठमाडाैं, ३ साउन २०७८ ।

काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले शनिवार ध्यान पार्कको शिलान्यास गर्नुभएको छ ।

पार्क ०७८ असार मसान्तभित्र उपभोक्तालाई हस्तान्तरण गर्ने योजना कोविडका कारण आउँदो माघ मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

वडा १५ स्थित चःमती जग्गा विकास आयोजना क्षेत्रको जनमार्ग उपभोक्ता समितिले आयोजना गरेको कार्यक्रममा उहाँले पार्कको शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा प्रमुख शाक्यले उपभोक्ताका जागरुकताले प्राप्त गरेको उपलब्धीलाई उपभोक्ताकै हातमा सुम्पिन हामी अन्तिम तयारी गरिरहेका बताउनुभयाे ।

५५ लाख २२ हजार ४२० रुपैयाँ लागतमा निर्माण हुन लागेकाे पार्क १४ आना जग्गामा निर्माण हुनेछ ।

मौलिक र परम्परागत शैलीमा निर्माण हुने उक्त पार्ककाे कुल खर्चकाे १५ प्रतिशत अर्थात् ८ लाख २८ हजार ३६४ रुपैयाँ उपभोक्ताले व्यहार्ने भएकाे छ ।

टोलमा आध्यात्मिक पार्क निर्माण भए पनि सामाजिक अपराधमा कमी आउने कार्यक्रममा सहभागी महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख मिलन के. सी. को धारणा थियो ।

आयोजनाको पछिल्लो प्रगतिबाट स्थानीय खुशी छन् । कार्यक्रममा जनमार्ग टोलसुधार समितिका अध्यक्ष जगदीश्वरलाल श्रेष्ठ, चमती ज्ञानमाला भजन खलका उपाध्यक्ष पूर्णकाजी ज्यापूले आयोजनाबाट पछिल्लो समयमा प्राप्त भएको उपलब्धीको प्रशंशा गर्नुभयो ।

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता