मात्र एकपटक लगाए पुग्ने कोभिड–१९ विरुद्धकाे जोन्सन एण्ड जोन्सन खाेप साेमबार देखि लगाइने

मात्र एकपटक लगाए पुग्ने कोभिड–१९ विरुद्धकाे जोन्सन एण्ड जोन्सन खाेप साेमबार देखि लगाइने

मेट्रो संवाददाता

३ साउन २०७८ १८:०१

काठमाडाैं, ३ साउन २०७८ ।

कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत सोमबारदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाइँदै छ ।

यो खोप एक पटक मात्रै लगाए पुग्ने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले असान ४ देखि ६ गतेसम्म जोन्सन एण्ड जोन्सनको खोप लगाइन लागेको बताउनुभयो ।

जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर समूहका, पहिलो खोप लगाउन बाँकी सबै तथा पूर्ण र अति अशक्त, अपाङ्गता भएका नागरिक र नेपालमा रहेका शरणार्थीलाई दिइँदै छ ।

सोमबार बिहान १० बजेदेखि देशका विभिन्न स्थानहरुमा खोप अभियान शुरु हुने सहप्रवक्ता डा. अधिकारीले जानकारी दिनुभयो ।

आइतबार विज्ञप्ति जारी गर्दै डा.अधिकारीले सो अभियानका क्रममा प्रधामन्त्री शेरबहादुर देउवाले उपत्यका भित्रका खोप केन्द्रहरुको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुहुने बताउनुभयो ।

उहाँकाअनुसार प्रधानमन्त्री देउवाले नेपालअर्थोपेडिक अस्पताल, जोरपाटी, त्रिभुवन विश्वविद्ययालय शिक्षण अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, महावौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानल लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्नुहुने छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता