सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियो लोकार्पण

मेट्रो संवाददाता

३ साउन २०७८ १९:५०

काठमाडाैं, ३ साउन २०७८ ।

सुरजवीर बज्राचार्यको ‘हाकु मैंचा’ बोलको म्युजिक भिडियोलाई एक कार्यक्रमकाबीच लोकार्पण गरिएको छ ।

बालमुकुण्ड प्रजापतिको निर्देशन रहेको नेपालभाषाको ‘हाकु मैंचा त्वइसेच्वंका गन वनेत्यना ?’ बोलको गीतले माता पिरती साट्ने बखतको सौन्दर्यलाई अथ्र्याउँछ ।

थिमिको प्यासिफिक फुड ल्याण्डमा आयोजित कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक भिडियो लोकार्पण गरे ।

कार्यक्रममा मेयर श्रेष्ठले नेपालभाषामा निर्माण गरिएको गीतलाई व्यावसायीकरण गर्नुपर्नेमा जोेड दिए ।

सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो ।

‘नेपालभाषालाई सम्बद्र्धन गर्ने खालको गीतलाई प्रचार प्रसार गर्दै अघि बढ्नुपर्छ । यसमा म आफैले पनि सक्दो सहयोग गर्नेछु ।’ मेयर श्रेष्ठले बताए ।

त्यस्तै गीतका रचनाकार तथा गायक सुरजवीर बज्राचार्यले ‘हाकु मैंचा’ लाई प्यारोडी गर्ने सोचका साथ तयार गरेको बताए । तर समायान्तरमा वरिष्ठ संगीतकार जुगल डंगोलसँगको सहकार्यमा नयाँ प्राण भर्न सफल भएको उहाँले स्मरण गरे ।

हुन पनि हाकु मैंचा बोलको गीत नेपालभाषा संगीत क्षेत्रको लागि थप नयाँ जग हुनसक्छ । समृद्धिको कुरो गरिरहँदा भौतिक विकास मात्रले त्यसलाई सार्थकता दिँदैन । बरु भाषा, मूर्त र अमूर्त सम्पदाको संरक्षण, साहित्य सिर्जना र गीत संगीतको विकासले निर्धारण गरेको हुन्छ ।

कार्यक्रममा भक्तपुर नगरपालिकाका पूर्व उपमेयर ओमचरण अमात्यले कला, संस्कृति तथा गीत संगीतको विकास गर्नु पर्नेमा जोड दिए । ‘म आफैले पनि बहुभाषी चलचित्र ‘हिम आँधी’ बनाउँदैछु । यसलाई अंग्रेजी, नेपाली, नेपालभाषा तथा चिनियाँ भाषामा अनुवाद गरेर अन्तर्राष्ट्रियकरण गर्ने सोच बनाउँदैछु ।’ अमात्यको भनाइ थियो ।

नेपाल सांस्कृतिक उत्थान परिषद्को व्यानरमा तयार भएको म्यूजिक भिडियोको मुख्य भूमिकामा अणु खड्का, रमेश बल्ल तथा आशाराम शिल्पकार छन् ।

त्यस्तै कलाकारहरुमा डेरिका छन्त्याल, आरती भासिमा, अस्मिता मानन्धर तथा लिजा र निशा प्रजापति छन् । देवेन्द्र प्रजापतिको छायांकन तथा सम्पादन रहेको भिडियोमा दिपक बज्राचार्य र सागर बनमालाले संयुक्त रुपमा कोरियोग्राफी गरेका हुन् । 


म्युजिक भिडियोलाई तपसिल लिंकमा क्लीक गरेर हाइलाइन्ट् नेपाल युट्यूब च्यानलमा हेर्न सकिनेछ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता