मेट्रो संवाददाता
७ साउन २०७८ ६:५१
मेट्राेन्यूज / काठमाडाैं, साउन ६ ।
आज थप २ हजार ८ सय ३८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
१२ हजार ६ सय १६ जनामा परीक्षण गर्दा २ हजार ८ सय ३८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयको आजको प्रेस ब्रिफिङअनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७ सय १५ जनाको पीसीआर र ३ हजार ९ सय १ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । आज पुष्टि भएसँगै देशभर संक्रमितको संख्या ७ लाख २४ हजार ४ सय ५५ पुगेको छ भने ६ लाख ३६ हजार ४ सय २ जना पूर्ण स्वास्थ्यलाभ गरी घर फर्किएका मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।
पीसीआर परीक्षण गरिएकामध्ये दैनिक २५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको डा. अधिकारीले बताए । एन्टिजेनबाट परीक्षण गर्दा २१ प्रतिशतमा संक्रमण भइरहेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८ सय ३२ रहेको छ । उनका अनुसार नेपालमा संक्रमणदर १९.२ प्रतिशत रहेको छ ।
स्वास्थ्य लाभपछि १,४७५ जना घर फर्किए
पछिल्लो २४ घन्टामा स्वास्थ्यलाभ गरेर घर फर्कनेको संख्या १ हजार ४ सय ७५ पुगेको छ । योसँगै ६ लाख ३६ हजार ४ सय २ जना संक्रमणमुक्त भएका छन् । यस्तै आज ३० जनाको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।
डा. अधिकारीका अनुसार २४ हजार ३ सय ४० जना होम आइसोलेसन, २ हजार ४ सय ९२ जना संस्थागत आइसोलेसन, ६ सय २७ जना सघन उपचार कक्ष र १ सय ७१ जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौँ उपत्यकामा ६९७ जना थपिए
काठमाडौँ उपत्यकामा ६९७ जना संक्रमित थपिएका छन् । ललिपुरमा १२८, काठमाडौँमा ४९० र भक्तपुरमा ७९ जना संक्रमित थपिएका हुन् । डा. अधिकारीले अझै पनि धेरै व्यक्ति संक्रमित आशंकामा रहेकाले परीक्षणको दर बढाउनुपर्ने बताए । ‘जति धेरै परीक्षण ग¥यो । त्यति नै मानिसलाई बचाउन सकिन्छ’, उनले भने, ‘ त्यसैले संक्रमितको संख्या पत्ता लगाउन परीक्षणको दायरा बढाउनुपर्छ ।’
उनले सबै नागरिकलाई खोप उपलब्ध गराउने बताए । यद्यपि, खोप लगाउन जाँदा भीडभाड नगर्न र जनस्वास्थ्यमा मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले निधेषाज्ञा खुकुलो भएसँगै संक्रमणको दर बढेकाले जनस्वास्थ्यमा मापदण्ड अपनाउन आग्रह गरेका छन् ।
उनले अहिले पनि अस्पतालमा कोभिड–१९ का संक्रमित आउने क्रममा कमी नआएकाले सचेत रहन आग्रह गरेका हुन् । कोभिड–१९ संक्रमण निको भए पनि मासपेशी दुख्ने, जोर्नी दुख्ने, मानसिक समस्या हुनेजस्ता समस्या देखिने गरेकाले समयमा नै उपचार गर्न समेत सल्लाह दिएका छन् ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


