एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

एसइईको नतिजा अगावै भर्ना लिन थालेपछि महानगरले रोक्यो

मेट्रो संवाददाता

७ साउन २०७८ ७:०३

मेट्राेन्यूज / चितवन, साउन ६ ।

भरतपुर महानगरपालिकाले एसइईको नतिजा अगावै कक्षा ११मा भर्ना लिन राेक लगाएकाे छ ।

महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै केही विद्यालयहरूले कक्षा ११ को भर्ना सुरु गरिसकेको अभिभावकको गुनासो आएकाले एसइईको नतिजा प्रकाशित नभएसम्म भर्नामा राेक लगाएकाे हाे ।

नगर शिक्षा अधिकारी महेन्द्रप्रसाद पौड्याल र नगर शिक्षा समितिसहितको टोलीले स्थलगत अनुगमन गरी केही विद्यालयलाई स्पष्टीकरणसमेत सोधेको जनाएको छ ।

अनुगमनका क्रममा रजिस्ट्रेसन तथा सिट सुरक्षित गर्ने नाममा नतिजा अगाडि नै कक्षा ११ को भर्ना गरेको पाइएको पौड्यालले जानकारी दिनुभयो ।

विद्यार्थी अन्यत्र जान सक्ने भन्दै अधिकांश संस्थागत विद्यालयले रजिस्ट्रेसन शुल्कका नाममा थोरै रकम लिएर अनलाइन माध्यमबाट पठनपाठन सुरु गरेका हुन् ।

महानगरमा २८ सामुदायिकसहित ५० भन्दा बढी कक्षा ११ को पठनपाठन गर्ने विद्यालयमा अनुगमनलाई निरन्तरता दिएर आदेश नमानेमा कारबाही गरिने पौड्यालले बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता