सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

मेट्रो संवाददाता

१६ साउन २०७८ १६:५७

ललितपुर, १६ साउन २०७८ ।

ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराउनुभयो । उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ ।

न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको छ । यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले यही आउँदो आइतबार अपराह्न ३ः०० बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गर्नुभएको छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता