मेट्रो संवाददाता
१७ साउन २०७८ १८:००
काठमाडौं, १७ साउन २०७८ ।

गुरुङ (तमू) समुदायको भाषा कक्षा सञ्चालनका लागि अक्षयकोष स्थापना गरिएको छ । गुरुङ समुदायको साझा छाता संस्था तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालननका लागि अक्षयकोष स्थापना गरेको हो ।
पुस्तान्तरणसँगै भाषा लोप हुँदै गएको भन्दै देशभर रहेका गुरुङ समुदायलाई आफ्नो मातृभाषा सिकाउने उद्देश्यले परिषद्ले ‘तमू (गुरुङ) समुदायको मातृभाषा कक्षा सञ्चालन अक्षयकोष–२०२१’ स्थापना गरेकोे परिषद्का अध्यक्ष रेशम गुरुङले बताए । कोष स्थापनाका लागि मुख्य दाताका रूपमा तमू (गुरुङ) हरुको भाषा, लिपि, धर्म, कला, संस्कृति, संस्कार, परम्परा आदिको अध्ययन, अनुसन्धान गर्न र सोको संरक्षण, संवद्र्धन र विकास गर्ने उद्देश्यले कोरियामा स्थापना भएको तमू धीं ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले रु तीन लाख आर्थिक सहयोग गरेको छ ।
उक्त रकम शनिबार साँझ जुम भर्चुअलमार्फत एक कार्यक्रमको आयोजना गरी कोषका मुख्यदाता ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाले परिषद्लाई हस्तान्तरण गरेको परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङले जानकारी दिए । उनका अनुसार परिषद्ले उक्त अक्षयकोष मूल धन खर्च नहुने गरी प्राप्त आम्दानीबाट देशका विभिन्न तमू गाउँमा आवश्यकतानुसार तमू (गुरुङ) मातृभाषा कक्षा सञ्चालन गर्नेछ ।
यसैबीच अक्षयकोष सञ्चालनका लागि परिषद् र ख्यङ्गसाङ्गनाम्दो शाखा दक्षिण कोरियाबीच एक सम्झौतापत्रमा हस्ताक्षरसमेत भएको छ । हस्ताक्षरपत्रमा परिषद्का अध्यक्ष रेशम गुरुङ र ख्यङ्गसाङ्गनाम्दोका अध्यक्ष अनिश गुरुङले हस्ताक्षर गरेका छन । पछिल्लो समय गुरुङ समुदायमा आफ्नो भाषा, धर्म, संस्कृति वेषभुषा लोप हुँदै गएपछि विभिन्न गुरुङ संघ संस्थाहरुले संरक्षणका लागि जोड दिएको राससले जनाएको छ ।
RECOMENDED News
Latest News
Kingdom Bonus Review: UK Welcome Offer, Wagering Requirements & Mobile Play
Kingdom Casino Bonus – Practical Guide for UK Players What is the Kingdom Bonus? The Kingdom bonus is the...
२० असोज २०८३ १७:४२ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


