कामपाको ३२ वटै वडामा खोप केन्द्र

कामपाको ३२ वटै वडामा खोप केन्द्र

मेट्रो संवाददाता

२२ साउन २०७८ १२:३७

काठमाडाैं, २२ साउन । काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ ।

महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा पहिलोपटक लगाएको कार्डसहितको विद्युतीय दर्ता नम्बर लिएर आउनुपर्ने र पहिलो खोप लगाएको २१ दिन पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ ।

निर्धारण गरिएका सबै केन्द्रमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाइने छ । खोप आगामी आइतबारसम्म सञ्चालन हुनेछ ।

यसअघि महानगरले १२ खोप केन्द्रमार्फत असार २९ देखि ३१ गतेसम्म खोप उपलब्ध गराएको थियो ।

पछिल्लो समय कोरोनाका बिरामी बढ्दै गएकाले भीड कम गर्न सबै वडामा खोप केन्द्रको व्यवस्था गरिएको हो ।

अहिलेसम्म महानगरका ७२ हजार ६४४ कोरोनाबाट सङ्क्रमित भएकामा ६८ हजार ७७१ निको भएका ५१० जनाको मृत्यु भएको छ । यहाँ तीन हजार ३६३ सक्रिय सङ्क्रमित छन् ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता