मेट्रो संवाददाता
२४ साउन २०७८ २१:३७

कीर्तिपुर, २४ साउन । कीर्तिपुरमा अवस्थित ऐतिहासिक लाभा पोखरी जिर्णोद्धारपश्चात उद्घाटन गरिएको छ ।
वडा नं. ३, साःगाःटोलमा रहेको उक्त पोखरीको कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गरेका हुन् ।
गत शुक्रबार गथांमुगःको दिन उक्त पोखरीको उद्घाटन गर्नुहुँदै कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनले आफूहरू नगरपालिकाका निर्वाचित भएर आएदेखि नै कीर्तिपुरको मौलिक सम्पदा संरक्षणमा लागिरहेको बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकहरूलाई आकर्षिक हुने पोखरीको व्यवस्थापन गर्न पनि सुझाव दिंदै प्रमुख महर्जनले पोखरीको पुनःनिर्माणसँगै सम्पदा, संस्कृतिको संरक्षण भएको छ, अब यसलाई आय आर्जनसँग जोडिनु पर्ने बताउनुभयो ।
नगर प्रमुख महर्जनले कीर्तिपुरमा रहेको लाय्कू दरवार पुनः निर्माण गर्न करीव ६ करोडको टेण्डर आह्वान गरिसकेको बताउँदै कीर्तिपुरमा थुप्रै सम्पदा निर्माण र पुनःनिर्माणका कामहरू द्रुतगतिमा गरिरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेवाः संस्कृतिका अमूर्त सम्पदा विभिन्न बाजागाजाहरू संरक्षणका लागि विभिन्न आखाःछेँलाई खिं, भूस्याः, नाय्खिं आदि बाजाहरू वितरण गर्नुभएको थियो भने पोखरी पुनःनिर्माणका लागि आफ्नो जग्गा दान दिनुहुने स्थानीय जग्गादातालाई दोसल्ला ओढाइ सम्मान गर्नुभएको थियो ।
कीर्तिपुर नगरपालिका वडा नं ३ का अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कीर्तिपुर नगरपालिकाका उप–प्रमुख सरस्वती खड्काका साथ विभिन्न वडाका वडाध्यक्षहरुको उपस्थिति थियो ।
RECOMENDED News
Latest News
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता
📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...
५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता
साउन १३ मा महाबौद्धमा पञ्चदान र दीपंकर बुद्धको शोभायात्रा
काठमाडौँ । हरेक १२ वर्षमा आयोजना हुने सम्यक महादानको स्मरण गराउने उद्देश्यले साउन १३ गते काठमाडौँको महाबौद्ध महाविहारमा दीपंकर...
१० साउन २०८३ ११:२७ |मेट्रो संवाददाता
थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि
काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...


