मेट्रो संवाददाता
२५ साउन २०७८ १६:५८

काठमाडौँ, २५ साउन। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एक वडा एक पार्कको नीति अनुसार काठमाडौँ महानगरपालिका अघि बढेको बताउनु भएको छ ।
आज वडा नम्बर–५ को हाँडीगाउँमा आज नरबुद्धपार्कको शिलान्यास कार्यक्रममा सम्वोधन गर्ने सिलसिलामा प्रमुख शाक्यले यस्तो बताउनु भएको हो ।

‘काठमाडौँ महानगरपालिकाले एक वडा एक पार्कको नीति लिएको छ,’ शाक्यले भन्नुभयो, ‘नरबुद्ध पार्कको शिलान्यास त्यहि नीति अनुरुप नै हो ।’
प्रमुख शाक्यले काठमाडौँ महानगरपालिले अहिलेसम्म साना–ठूला गरी करीब ७० वटा पार्क निर्माणको काम अघि बढाएको बताउनुभयो ।
‘काठमाडौँ महानगरपालिकाले सार्वजनिक जग्गाको संरक्षण गर्दै पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको छ,’ शाक्यले भन्नुभयो, ‘अहिलेसम्म करीब ७० वटा पार्क निर्माणको काम अघि बढेको छ । कुनै ठूला वडा छन्, कुनै साना वडा छन् कुनै सार्वजनिक जग्गा नभएका वडा पनि छन् । सार्वजनिक जग्गा धेरै भएका वडा पनि छन् । कुनै वडामा १०–१२ वटा पार्क पनि बनेका छन् । कुनै वडामा एउटा मात्रै भए पनि बनेको छ ।’
उहाँले पार्क निर्माणको अभियानलाई प्राथमिकतामा राखेको स्मरण गराउनुभयो । ‘पार्क निर्माणसँगै हामीले सम्पदा निर्माण, पुननिर्माणको अभियानलाई पनि प्राथमिकतामा राखेको छौँ,’ उहाँले भन्नुभयो, ‘बनाउने जिम्मा हामी लिन्छौँ, त्यसको व्यवस्थापन स्थानीयले गर्ने हो । हामी काठमाडौँ महानगरलाई सुन्दर बनाउने अभियानमा छौँ ।’
कार्यक्रमलाई सम्वोधन गर्दै वागमती प्रदेशका सांसद नारायण सिलवालले हाँडीगाउँदेखि कपन निलोपुलसम्मको क्षेत्रलाई पार्क हबको रुपमा विकास गर्ने योजनामा रहेको बताउनुभयो ।
उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिका पार्क निर्माण र हरियाली कायम गर्ने अभियानमा निरन्तर रहेको बताउनुभयो ।
वडाध्यक्ष रमेश डंगोलले भूमाफियाहरुले कब्जा गर्न आँटेको जग्गाको संरक्षण गर्दै पार्क निर्माणको काम अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो ।
कार्यक्रमलाई नरबुद्ध विहारका प्रमुख भिक्षु पुण्ण स्थविर भन्ते पञ्जारत्न स्थविरलगायतले पनि सम्वोधन गर्नुभएको थियो ।

करीब सात रोपनी क्षेत्रफलमा निर्माण हुन सो पार्कको लागत १ करोड ४८ लाख रहेको काठमाडौँ महानगरपालिकाले जानकारी दिएको छ । पार्कमा कलात्मक डिजाइनका साना–ठूला गरी चारवटा ढोका रहने छन् भने आराम गर्नका लागि चौतारीसहितको छहारी रहने छ । त्यसैगरी विश्रामका लागि झिँगटीका छाना भएका चौतारहरु पनि रहने छन् ।
पार्कमा हरियालीका लागि दुबोसहितका मैदान रहने भने १५ फिट गोलाइको फाउण्टेनसहितको पोखरी रहने छ । व्यायम र हिँडडुलका लागि बाटो र खुला ठाउँको समेत पार्क डिजाइनमा व्यवस्था गरिएको छ । वृद्धवृद्धा र अपाङ्गमैत्री पार्कमा अभय मुद्राको बुद्धको मुर्तिसमेत राख्ने योजना रहेको छ ।

RECOMENDED News
Latest News
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн)
Pinco Online Kazino Azərbaycanda – Sürətli Ödənişlər və Çıxarışlar (Пинко Казино Онлайн) ▶️ OYNA Содержимое Pinco Casino Azərbaycanda Pinco...
२९ जेठ २०८३ २३:१४ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


