महानगरद्वारा पाँच विद्यालयलाई बस हस्तान्तरण

महानगरद्वारा पाँच विद्यालयलाई बस हस्तान्तरण

मेट्रो संवाददाता

२७ साउन २०७८ १९:११

चितवन, २७ साउन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा रहेका पाँचवटा सामुदायिक विद्यालयलाई बस हस्तान्तरण गरेको छ । महानगरपालिकाले नारायणी नमूना मावि भरतपुर १०, प्रभात मावि भरतपुर २५, भीमनगर मावि भरतपुर २०, लक्ष्मी मावि भरतपुर २३ र कविलास मावि भरतपुर २९ लाई बस हस्तान्तरण गरेको हो ।

महानगर प्रमुख रेनु दाहालले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरुलार्ई बसको साँचो हस्तान्तरण गर्नुभएको हो ।

सो अवसरमा महानगर प्रमुख दाहालले शैक्षिक क्षेत्रको विकासका लागि महानगर लागिपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालयको शैक्षिक विकाससँगै भौतिक विकासका लागि महानगरपालिकाले काम गरिरहेको छ ।” शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जिल्लाको पहिलो स्थानीय तह भएको उहाँको भनाइ थियो । महानगरलाई स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास भए जस्तै शैक्षिक क्षेत्रको केन्द्र बनाउने उहाँले बताउनुभयो ।

कार्यक्रममा नारायणी नमूना माविका प्रधानाध्यापक पूर्ण दवाडीले निजी विद्यालयमा जस्तै सामुदायिक विद्यालयमा पनि विद्यार्थीहरुको आकर्षण बढ्दै गएको बताउनुभयो । सामुदायिक विद्यालयमा पनि विद्यार्थीको चाप बढ्दै जाँदा स्कुल बस आवश्यक देखिएकाले महानगरले गरेको सहयोग सराहनीय रहेको उहाँको भनाइ थियो ।

महानगरको शैक्षिक महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार बस खरिदका लागि महानगरले छनोट गरेका विद्यालयहरुले सम्झौता गरी खरिद गरेका हुन् । खरिदका लागि महानगरपालिकाले एउटा बसका लागि रु १९ लाख ९८ हजार बजेट निकासा गरेको थियो । महानगरले बस हस्तान्तरण गरेसँगै सञ्चालन खर्च विद्यालयले बेहोर्नुपर्ने उहाँले बताउनुभयो ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता