सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

सामूदायिक र सरकारी अस्पतालको सेवा विस्तारलाई प्राथमिकतामा राखेर सहकार्यः मेयर शाक्य

मेट्रो संवाददाता

२९ साउन २०७८ १३:५६

डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य ।

काठमाडौँ, २९ साउन । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेको बताउनुभयो ।

डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्लाई रु ६ लाखको चेक हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । ‘महानगरवासीले मात्रै होइन सिङ्गो देशवासीले सहुलीयत दरमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्न सकुन भन्ने हेतूले महानगरपालिका क्षेत्रभित्रका सामूदायिक र सरकारी अस्पतालसँगको सहकार्यलाई प्राथमिकतामा राखेर अघि बढेका हौँ,’ शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले राम्रो काम गर्नेहरुसँग सहकार्य गर्ने नीति लिएको छ । त्यही नीति अनुसार हामीले कोरोनाका बेला विभिन्न अस्पताललाई ४५ वटा भेण्टिलेटर हस्तान्तरण गरेका थियौँ । दुई ओटा प्रक्रिया पूरा नभएकाले हस्तान्तरण गर्न बाँकी छ ।’

शाक्यले डल्लुस्थित सामूदायिक स्वास्थ्य सेवा परिषद्को साढे चार तलाको आधुनिक भवन निर्माणमा महानगरपालिकाले सम्झौता गरिसकेको पनि बताउनुभयो । ‘अहिले खरिद प्रक्रिया अघि बढेको छ । छिटै निर्माण प्रक्रिया अघि बढ्छ,’ शाक्यले भन्नुभयो, ‘ऐतिहासिक निशुल्क चिकित्सालयलाई भवन निर्माणका लागि हामीले पाँच करोड विनियोजन गरिसकेका छौँ । टोखामा आधुनिक बाल अस्पताल निर्माणका लागि चार करोड सहयोग गर्ने गरी बजेट विनियोजन सहयोग गरेका छौँ ।’

उहाँले समता अस्पतालसँग सहकार्य गर्ने गरी सहुलियत दरमा स्वास्थ्य परिक्षण गर्ने गरी अघि बढेको जानकारी दिनुभयो । ‘कोभिडका बेला नरदेवी अस्पताल, निशुल्क चिकित्सालयलाई कोभिड अस्पतालका रुपमा सञ्चालन गर्र्यौ । राधास्वामीमा काठमाडौँ महानगरपालिकाकै आर्थिक सहयोग र व्यवस्थापनमा अक्सिजन थेरापीसहितको आइसोलेशन सञ्चालन गर्र्यौ,’ उहाँले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र रहेका नाम चलेका सम्पूर्ण सरकारी अस्पतालसँग हामी सहकार्य गरिरहेका छौँ । हामीले टिचिङ स्पताललाई साढे सात करोड आर्थिक सहयोग गर्ने सम्झौता गरी प्रक्रिया अघि बढाएका छौँ । वीर अस्पताललाई पनि हामीले भेण्टिलेटरसहिको सेवामा सहयोग गरेका छौँ ।’
शाक्यले गंगालल अस्पताललाई अक्सिजन प्लाण्ट राख्न सहयोग गरेको पनि स्मरण गराउनुभयो । उहाँले टेकु, सिभिललगायतका अस्पतालाई सहयोग गरेको स्मरण गराउनुभयो ।

महानगरवासीबाट उठेको करलाई जसिक्दो उनीहरुकै सेवामा खर्च गर्ने नीति अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरेको स्मरण गराउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रवक्ता समेत रहनु भएको ईश्वरमान डंगोलले हाल सामूदायिक स्वास्थ्य सेवा परिषद्बाट सामाजिक सुरक्षा भत्ता लिएका ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण भैरहेको बताउनुभयो । ‘आगामी दिनमा करदाताहरुको पनि निशुल्क स्वास्थ्य परीक्षण गर्ने योजना बनाइरहेका छौँ,’ उहाँले भन्नुभयो, ‘सकेसम्म हामी छिटै उहाँहरुलाई पनि प्रोत्साहित गर्न यो सेवा सुरु गर्ने छौँ ।’

परिषद्का सचिव प्रकाशकुमार श्रेष्ठले महानगरपालिकाले जग्ग्गाप्राप्तिको अवस्थादेखि नै सहयोग गर्दै आएको भन्दै महानगरपालिकालाई धन्यवाद दिनुभयो । ‘२ रोपनी ९ आना १ पैसामा बनेको यो परिषद्बाट हाल ज्येष्ठ नागरिक, एकल महिला, आपाङ्गता भएका र दलितको निशुल्क स्वास्थ्य परीक्षण हुँदै आएको छ,’ उहाँले भन्नुभयो, ‘महानगरपालिकाकै आर्थिक सहयोगमा साढे चार तलाको आधुनिक भवन निर्माणमा भैरहेको छ । त्यसपछि यसलाई अस्पतालको रुपमा सञ्चालन गर्ने छौँ ।’

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता