मेट्रो संवाददाता
१४ भदौ २०७८ १९:३०

काठमाडाैं, १४ भदाै । ऐतिहासिक एवं सांस्कृतिक नगर कीर्तिपुर नगरपालिका वडा नं. ३ समल टोलमा फल्चाकाे पुनर्निर्माण सम्पन्न भएकाे छ ।
आफ्नाे क्षेत्रभित्रका पाेखरी, पाटी, पाैवा जिर्णाेद्वार गर्ने याेजनाअनुरूप कीर्तिपुरकाे समल टाेलमा झिंनिदां तं र कुतिसाः टोलमा पुनःनिर्माण भएको ऐतिहासिक कुतिसाः फल्चाको सोमबार कीर्तिपुर नगरपालिकाका प्रमुख रमेश महर्जनले उद्घाटन गर्नुभयो ।
‘के फल्चामात्र बनाएर कीर्तिपुरको विकास हुने हो त ? भन्ने प्रश्न धेरैले तेर्साउनु गरेको छ,’ प्रमुख महर्जनले भन्नुभयो, ‘पुर्खाको नासोलाई संरक्षण गर्नु नगरपालिकाको दायित्व हो ।’
‘जहाँ फल्चा हुन्छ त्यहाँ नेवाः हुन्छ । नेवाःहरुको पहिचान हो फल्चा भनेको ।’, प्रमुख महर्जनले प्रस्ट्याउँदै भन्नुभयो, ‘फल्चामा भजन गाउने, डाफा बजाउने र टोलबासीहरु जमघट हुने, बटुवाहरुलाई थकाइ मार्ने आदी इत्यादी गरिन्छ ।’
हरेक पाटी, पौवा, मन्दिर, इनारलगायत परम्परागत सम्पदा संस्कृतिको संरक्षणका साथसाथै सरसफाईको पनि उतिकै आवश्यकता उजागर गर्नुहुँदै प्रमुख महर्जनले यस्ता सम्पदाहरु हाम्रो जनजीवनमा प्रयोगमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।
नेवाःहरुको मौलिक सम्पदा पोखरी, फल्चा, ऐतिहासिक बस्तीलाई आर्थिक उपार्जनसँग पनि जोड्नु पर्छ भन्नुहुँदै उहाँले कीर्तिपुरमा आउने पर्यटकहरुलाई यस्ता ऐतिहासिक बस्ती, पोखरी तथा फल्चाहरुको भ्रमणमा ल्याउनु पर्नेमा जोड दिनुभयो ।
वडा नं. ३ को आयोजनामा वडा नंं ३ का अध्यक्ष राजेन्द्र महर्जनको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख सरस्वती खड्का, वडा नं. १ का अध्यक्ष हर्ष महर्जन, वडा नं. ९ का अध्यक्ष गंगाराम महर्जन, वडा नं. १० का अध्यक्ष अमन महर्जन लगायत नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभागका ईन्जिनियर शोभा महर्जन र स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।
वडा नं. ३ का सदस्य ज्ञान प्रसाद महर्जनले स्वागत गर्नुभएको सो कार्यक्रममा गीता श्रेष्ठ र सानु मानन्धरले सञ्चालन गर्नुभएको थियो ।
RECOMENDED News
Latest News
Faircrown Review: Bonus, Zahlungsmethoden, Sicherheit & mobile App für deutsche Spieler
1. Überblick: Was ist Fair Crown Casino? 2. Registrierung & KYC – Schnell starten 3. Bonusangebote und Wettbedingungen 4....
१० वैशाख २०८३ १:२८ |मेट्रो संवाददाता
तरकारी–फलफूल थोक बजार संस्थामा कार्यसमिति निर्बिरोध चयन
काठमाडौं महानगरपालिका–१३ कालिमाटीमा अवस्थित केन्द्रिय तरकारी–फलफूल बजारका व्यवसायीहरूको प्रतिनिधिमूलक संस्था तरकारी फलफूल थोक बजार व्यवसायिक संस्थाको ३१औँ वार्षिक साधारण...
३ मंसिर २०८२ १२:४२ |मेट्रो संवाददाता
वसन्तपुरमा २७औँ वर्षदेखि सामूहिक भाइटीका
काठमाडौँ । विश्व सम्पदा सूचीमा सूचिकृत वसन्तपुर दरबार क्षेत्रको मरुसत्तलमा यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम सम्पन्न भएको छ...
६ कार्तिक २०८२ २०:४० |मेट्रो संवाददाता
नेवार र तीज : सांस्कृतिक अनुकूलन, मिडिया प्रभाव र पहिचानको प्रश्न
तीज नेपालमा प्रचलित महिला–केन्द्रित पर्व हो, जसमा शिव–पार्वतीको विवाहकथा, व्रत, र गीत–नृत्य मुख्य अंग छन्। परम्परागत रूपमा यो बाहुन–क्षेत्री...


