कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट

मेट्रो संवाददाता

१६ भदौ २०७८ २२:१५

भक्तपुर, १६ भदाै । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सञ्चालन गर्ने भएको छ । 


राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले भदौ ३० गतेदेखि  असोज ८ गतेसम्म परीक्षा विद्यार्थीहरूको भौतिक उपस्थितिमै  सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो ।


बोर्डले तालिका सार्वजनिक गर्दै परीक्षा होम सेन्टरबाटै सञ्चालन हुने जनाएको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ भने परीक्षा सञ्चालन गर्दा सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरी पालना गरी परीक्षा सञ्चालन गर्ने बोर्डले जनाएको छ ।

यसअघि साउन ३१ गतेदेखि तोकिएको परीक्षा कोभिड– १९ को महामारी बढ्न थालेको भन्दै स्थगित गरिएको थियो ।

संसद्को शिक्षा तथा स्वास्थ्य समितिले परीक्षा स्थगित गरेकोमा आपत्ति जनाई सबै परीक्षार्थीलाई खोपको व्यवस्था गरी भौतिक उपस्थितिमै तत्काल परीक्षा लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

त्यस लगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कक्षा १२ का परीक्षार्थीलाई खोप लगाउने निर्णय गरेको थियो । 

परीक्षा रोकिंदा तयारीमा बसेका ३ लाख ७४ हजार विद्यार्र्थीको उच्च शिक्षा अध्ययनमा समस्या भएको थियो । 

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याल

काठमाडौँ । सरकारले काठमाडौँ महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मुक्तिराम अर्याललाई खटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा महानगरपालिकामा कार्यरत...

२१ साउन २०८३ १३:४९ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता