साताैं शताब्दीकाे काष्ठमण्डपको छानामा झिंगती छाउने काम सुरु

मेट्रो संवाददाता

२० भदौ २०७८ १७:१५

काठमाडाैं । ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा काष्ठमण्डप पुनर्निर्माणका क्रममा आज काष्ठमण्डपको माथिल्लो तल्लाको छानामा माटो मुसेर लेदो बनाई झिंगती, कुंपा राख्ने काम सुरु भएको छ।

उपभोक्ता समितिमार्फत पुरानै शैलीमा पुनर्निर्माणका भइरहेको काष्ठमण्डपमा आइतबारबाट झिंगती छाउने काम अगाडी बढेको हो। काष्ठमण्डप पुनःनिर्माण समितिका संयोजक एवं प्रदेश सांसद राजेश शाक्यले यसै महिना छाना छाउने काम पुरा हुने बताउनुभयो।

अन्तिम चरणको काम लगातार भैरहेकोमा गजुर राख्ने र तल्लो भुइँ तल्ला चार कुन्नामा रहेको बुर्जामा कलात्मक बार्दली लागे तेली इट्टा बिच्छाउने काम पनि तत्काल सुरु गरिने शाक्यले बताउनुभयो।

‘सातौँ शताब्दीमा जुन प्रविधि प्रयोग भएको थियो त्यस्तै प्रविधिबाट हामीले निर्माण गरेका छौँ,’ उनले भने, ‘जुन इँटा, माटो प्रयोग भएको थियो । हामीले त्यही प्रयोग गरेका छौँ ।’

ऐतिहासिक सम्पदा काष्ठमण्डपको पुनर्निर्माणका लागि बजेट अभाव हुन नदिने भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले समयमै काम सम्पन्न हुनेमा आशावादी रहेको बताए।

काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पुर्ननिर्माणका भइरहेकाे प्राचीन महत्वको स्मारक काष्ठमण्डप २०७२ वैशाख १२ को भूकम्पले पूर्ण रूपमा क्षति भएको थियो ।

२०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डपको पुनर्निर्माणको काम समितिले ०७५ को वैशाखबाट सुरु गरेको थियो ।

काठमाडौ महानगरपालिकाले काष्ठमण्डप पुनर्निमाणका लागि काष्ठमण्डप पुनः निर्माण समितिलाई चार चरणमा गरेर रु ११ करोड ५० लाख उपलब्ध गराइ सकेको छ।

संयोजक शाक्यले सातौँ शताब्दीकै शैलीको प्रविधि प्रयोग गरेर काष्ठमण्डप पुनर्निर्माण भैरहेको भन्दै माटो, इँटा र काठ पनि पुरानै शैलीका प्रयोग भएको जानकारी दिनुभयो ।

सातौं शताब्दीमा बनेको काष्ठमण्डपको इतिहास प्रसिद्ध तान्त्रिक लीलाबज्र बज्राचार्य संग कुनै न कुनै सम्बन्ध रहेको बिस्वास गरिन्छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता