स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना – मुख्यमन्त्री शाक्य

स्वास्थ्य क्षेत्रको विकासका लागि मन्त्रालय स्थापना – मुख्यमन्त्री शाक्य

मेट्रो संवाददाता

२४ भदौ २०७८ २१:००

बागमती प्रदेश सरकारका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशमा स्वास्थ्य क्षेत्रको थप विकास गर्ने उद्देश्यले छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गरिएको स्पष्ट पार्नुभएको छ  ।

प्रतिमाननिमा स्मृति प्रतिठानले बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई उपलब्ध गराएको रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरणका लागि आज हेटौ‘डामा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाक्यले यस्तो बताउनुभएको हो  ।

यस अगावैको मन्त्रालयमा विभिन्न क्षेत्र समावेश गरी मन्त्रालय स्थापना भएको हुँदा स्वास्थ्य क्षेत्रको मात्र काम गर्न स्वास्थ्य मन्त्रालय आवश्यक देखिएको उहाँको भनाइ थियो । सोही कार्यक्रममा मुख्यमन्त्री शाक्यले प्रतिमाननिमा स्मृति प्रतिष्ठानले प्रदेश सरकारलाई उपलब्ध गराएको स्वास्थ्य सामाग्री आवश्यकतानुसार प्रदेशका  १३ वटै जिल्लामा पठाउन निर्देशन दिनुभयो  । प्रतिष्ठानले गरेको काम जनमुखी र सेवामुखी रहेको बताउँदै कोभिड १९ मात्र नभई स्वास्थ्य क्षेत्रको अन्य सेवामा प्रयोग गर्न सकिने भएकाले प्राप्त सहयोग सामग्री दुरुपयोग नगरी सदुपयोग गर्न उहाँले निर्देशन दिनुभयो  ।

त्यस्तै, सो कार्यक्रममा नवनियुक्त स्वास्थ्यमन्त्री प्रदीपकुमार कटुवाल क्षेत्रीले कोभिड–१९ को आगामी सम्भावित जोखिमलाई मध्यनजर गरी प्रदेश सरकारले आवश्यक तयारी थाल्ने जानकारी दिनुभयो । प्रतिष्ठानले सात प्रदेशमा करिब रु आठ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

बागमती प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य मन्त्रालयलाई रु एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री  हस्तान्तरण गरिएको छ  ।विसं २००७ का प्रजातान्त्रिक योद्धा प्रतिमान चन्द बोहराको नाममा उनका छोरा दीपक बोहराले स्थापना गरेको प्रतिष्ठानले प्रदेशका मुख्यमन्त्री शाक्यको उपस्थितिमा प्रतिष्ठानका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभयो  ।

कोभिड–१९ को सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कोभिड उपचारमा सघाउ पुग्ने विविध स्वास्थ्य सामग्रीसहित अन्य स्वास्थ्य सेवाको बेलामा प्रयोग हुनेगरी मन्त्रालयलाई सामग्री हस्तान्तरण गरिएको थियो ।

प्रतिष्ठानले गाउन दुई हजार ४०० थान, फेससिल्ड दुई हजार ३३२ वटा, एन नाइन्टी–फाइभ मास्क एक हजार ८००, मास्क आठ हजार ४००, थर्मामिटर २० थान, पीपीई २७६ थान, ग्लोब्स एक लाख थान र ११ थरिका स्वास्थ्य सामग्री सहयोग गरिएको थापाले जानकारी दिनुभयो  ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता