इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरुलाई कोरोना विरुद्धको खोप

इन्द्रजात्रा व्यवस्थापनमा खटिनेहरुलाई कोरोना विरुद्धको खोप

मेट्रो संवाददाता

२६ भदौ २०७८ १८:००

खोप कार्यक्रममा आफ्नाे मन्तब्य राख्नुहुँदै महानगरका प्रमुख विद्यासुन्दर शाक्य ।

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आज इन्द्र जात्राको व्यवस्थापनमा खटिने ३ सय जनालाई कोविड विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा दिएको छ । काठमाडौँको मजिपाटस्थित लाखे ननीमा खोप कार्यक्रम चलाइएको हो ।

इन्द्रजात्रा नेपालको राष्ट्रिय पर्व हो । यसको पहिचान अन्तरराष्ट्रिय स्तरमा पनि छ । खोप कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, महामारीबाट आफू बचेर परम्परा बचाउने प्रयासका लागि खोप कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको कोविडको जोखिमलाई कम ठान्नु हुँदैन । अर्कोतिर हामीले पुस्तौँदेखि मनाउँदै आएका पर्वहरुलाई नियमित गर्नु पर्ने छ । जात्रालाई निरन्तरता दिने क्रममा महामारीको जोखिम कम गराउन काठमाडौँ महानगरपालिकाले वहन गर्नु पर्ने सबै दायित्व पूरा गर्नेछ ।’ प्रमुख शाक्यको भनाइ थियो ।

खोपसहित जात्रा सञ्चालनका लागि माग हुने मास्क, पञ्जा, स्यानिटाइजरसहित स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराउने योजना छ । महानगरको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले, सचेतनाका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने जानकारी दिनुभयो ।

यस अघिको खोप कार्यक्रममा छुटेका इन्द्रजात्राको व्यवस्थापन नलागी नहुनेहरुले आज खोप पाउनु भयो । महानगरको यो व्यवस्था प्रशंशा योग्य छ । इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौत्तम शाक्यले खोप कार्यक्रममा प्रतिक्रिया दिनुभयो ।

अब महानगरबाट थप कस्तो सहयोग अपेक्षा गर्नुहुन्छ? प्रश्नको उत्तरमा शाक्यले रथ यात्राका लागि नभइ नहुने श्री लाखे आजु, श्री हलचोक आकाश भैरव, पुलुकिसी आजुसहित सांस्कृतिक रुपमा उपस्थित नभइ नहुनेहरुका लागि मास्क, सेनिटाइजर, फेस सिल, पञ्जालगायतका स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराइदिन आग्रह गर्नुभयो ।

नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द

चितवन । निरन्तर वर्षाका कारण पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले...

९ असोज २०८३ ८:१२ |मेट्रो संवाददाता

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता