संस्कृति र सम्पदालाई समयानुसार सम्बर्द्धन तथा प्रवर्द्धन गर्नुपर्छ

संस्कृति र सम्पदालाई समयानुसार सम्बर्द्धन तथा प्रवर्द्धन गर्नुपर्छ

मेट्रो संवाददाता

३० भदौ २०७८ १०:१५

काठमाडौं । संस्कृति र सम्पदालाइ समयानुसार सम्बर्द्धन तथा प्रवद्धन गर्दै लानुपर्छ । सम्पदाकाे दिगाे संरक्षण तथा पुस्तान्तरणकाे लागि ठाेस पहल कदम चाल्नु अति आवश्यक छ ।

मंगलबार वडा १२ मा पुखुसि महादेव मन्दिरको उद्घाटन गर्नेक्रममा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले यस्ताे धारणा राख्नुभएकाे हाे ।

मूर्त सम्पदालाई जीवन्त राख्न, सम्बर्द्ध तथा प्रवर्द्धन गर्न यसलाइ अमूर्त सम्पदा तथा पर्यटनसँग जोड्न जरुरी रहेको उहाँले बताउनुभयो ।

सम्पदा क्षेत्रलाई पर्यटनसँग नजोड्ने हो भने सम्पदाको दिगो संरक्षणमा समस्या हुने बताउँदै उहाँले सांस्कृतिक पर्यटनबाट सम्पदा क्षेत्रको व्यवस्थापनका लागि आवश्यक पर्ने रकम संकलन हुने र स्थानीयको आयमा वृद्धि हुने भएकोले सम्पदा क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने बताउनुभयाे ।

त्यस क्रममा वडा १२ का अध्यक्ष विकास डंगोलले, पुखुसी महादेवको चर्चा फैलिँदै गएको उल्लेख गर्नुभयो भने वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले विकासको विरोध गर्नेहरुको पहिचान गर्ने बेला आइसकेको उल्लेख गर्नुभयो ।

पुखुसी महादेव मन्दिर वडाले पुनर्निर्माण गराएको हो । उपाकु, पचली भैरवको जात्रा, गथु प्याखँजस्ता जात्रा र सांस्कृतिक उत्सवहरुमा यो महादेवको मन्दिरको परिक्रमा गर्ने चलन छ ।

६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता

📢 ६ समस्याग्रस्त सहकारीका ७९ बचतकर्ताले पाए रकम फिर्ता समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ सहकारीका ७९ जना साना बचतकर्तालाई रकम...

५ असोज २०८३ २०:३५ |मेट्रो संवाददाता

थाइल्याण्डमा नेपाल डान्स एकेडेमीको ऐतिहासिक सफलता, तीन विधामा उपाधि

काठमाडौं, नेपाल डान्स एकेडेमी (NDA) को जुनियर टोलीले थाइल्याण्डको राजधानी बैंककमा आयोजित GLX Dance Championship 2026 मा उत्कृष्ट प्रदर्शन...

१० साउन २०८३ ८:२२ |मेट्रो संवाददाता